
काठमाडौं । सानिमा लार्ज क्याप फण्डको १२ करोड इकाई नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलवार सूचीकृत भएको छ । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने यो फण्डले माघ ९ गतेदेखि १५ गतेसम्म विक्री गरेको थियो ।
सर्वसाधारणमा १० करोड इकाई विक्री खुला गरिएकोमा मागभन्दा बढी आवेदन परेकाले फण्डको आकार बढाएर १२ करोड इकाई बाँडफाँट गरिएको थियो । बुधवारदेखि कारोबार योग्य हुने यो इकाई सम्बन्धित इकाईधनीहरुले आफ्नो हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस