aarthiknews.com शुक्रबार, २१ फागुन २०७७   Friday, 05 March, 2021
 
tater Group
Bajaj_Bike

हकप्रद निष्कासन गर्ने भएसँगै अपिको शेयरप्रति लगानीकर्ताको आकर्षण बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ फागुन २०७७
हकप्रद निष्कासन गर्ने भएसँगै अपिको शेयरप्रति लगानीकर्ताको आकर्षण बढ्यो
Jagadamba
LBEF

काठमाडौं । २९ दशमलव ३८ प्रतिशत हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएसँगै अपि पावरको शेयरप्रति लगानीकर्ताको आकर्षण बढेको छ । मंगलवार दोहोरो अंकले घटिरहेको बजारमा अपिको शेयरमूल्य भने सर्वाधिक ६ दशमलव ४० प्रतिशतले बढेको छ । काराबेरको पौने एक घण्टाको अवधिसम्म अपिको शेयरमूल्य प्रतिकित्ता रू. १९ ले बढेर रू. ३१६ पुगेको हो । 

अपि पावर कम्पनी लिमिटेडले ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर निष्कासनको लागि फागुन ९ गते बोर्डमा निवेदन दर्ता गराएको हो । हकप्रद शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । अपिले यस अघि पनि गत कात्तिक १४ देखि मंसिर ४ गतेसम्म १ बराबर शून्य दशमलव ४७ को अनुपातमा हकप्रद शेयर विक्री गरेको थियो ।

उक्त हकप्रद शेयर पश्चात रू. १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार चुक्तापूँजी कायम गरेको कम्पनीले सोही पूँजीको आधारमा हकप्रद शेयर विक्री गर्न लागेको हो । यस वर्ष अपि पावरले ९ प्रतिशत बोनस शेयर समेत वितरण गरेको छ । 

कम्पनीले दोस्रो चरणमा विक्री गर्न लागेको २९ दशमलव ३८ प्रतिशत हकप्रद शेयर पश्चात कम्पनीको चुक्तापूँजी रू. २ अर्ब ४९ करोड ६८ लाख ५६ हजार पुग्नेछ । अपिले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना निर्माणका लागि थप पूँजी जुटाउन हकप्रदको सहारा लिएको हो ।
 

प्रतिक्रिया दिनुहोस