aarthiknews.com सोमबार, २४ फागुन २०७७   Monday, 08 March, 2021
 
tater Group
Bajaj_Bike

राष्ट्रिय खाद्य बैंक स्थापना, चाडै नै आईपीओ निष्काशन गर्ने तयारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १० फागुन २०७७
राष्ट्रिय खाद्य बैंक स्थापना, चाडै नै आईपीओ निष्काशन गर्ने तयारी
Jagadamba
LBEF

काठमाडौं । ‘पोसिलो आधारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ राष्ट्रिय खाद्य बैंक स्थापना भएको छ । २ अर्बको लागतमा स्थापना भएको यस खाद्य बैकले हरेक प्रकारका खाद्यान्न उत्पादनदेखि बजारीकरण तथा ‘होम डेलिभरी’सम्मका काम गर्ने छ । बैंकले सातै प्रदेशमा जग्गा भाडामा लिएर खाद्यान्न, फलफूल, हरियो तरकारी, माछा, मासु दहि, दुध, अण्डासहित नगदेबालीदेखि जडिबुटीसम्म आफै उत्पादन गरेर बिक्री वितरण गर्ने उद्देश्य लिएको छ । 

त्यस्तै, यस खाद्य बैकले चाडै नै आईपीओ निष्काशन गर्ने तयारी गरेको राष्ट्रिय खाद्य बैंकका अध्यक्ष शंकरनाथ उप्रेतीले बताएका छन् । ‘हामीले यो बैंक सामुहिक लगानीमा स्थापना गरेका हौं,’ सोमबार पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष उप्रतीले भने ‘यो बैंकमा लगानी गर्न इच्छुक व्यक्तिले एक लाख रुपैयाँदेखि ३ करोड रुपैयाँसम्म लगानी गर्न सक्ने छन् । यसका साथै हामीले चाडै नै आईपीओ निष्काशन गर्ने तयारी पनि गरेका छौं ।’ 

देशलाई आत्मनिर्भर बनाउने अभियान स्वरुप स्थापना भएको बैंकमा अहिले २५० जना युवाहरू अवद्ध भइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस