aarthiknews.com शुक्रबार, २१ फागुन २०७७   Friday, 05 March, 2021
 
tater Group
Bajaj_Bike

‘अहिले म मानिसलाई पैसा कमाउन सिकाउने अभियानमा छु’

  • मेनुका कार्की
    मेनुका कार्की
  • आइतबार, ०९ फागुन २०७७
‘अहिले म मानिसलाई पैसा कमाउन सिकाउने अभियानमा छु’
Jagadamba
LBEF

म अहिलेसम्म कहिले दुःखी भएको छैन । दुःख पनि परेन । अभाव भन्ने मैले अहिलेसम्म देखेको नै छैन । जमिनदारको जेठो छोरो, त्यो पनि चार दिदीहरू पछिको । बाल्यकाल पुरै सुखसयलमा बित्यो । ठूलो भएपछि पनि मैले दुःखको अनुभूति गरेको छैन । मैले दुःख महसुुस गरेको भनेको माता पिता बित्दा मात्रै हो । साढे दुई महिनाको अन्तरालमा पहिला माताजीको स्वर्गीय भयो त्यसपछि पिताजीको । त्यति नै बेला हो म धेरै दुःखी भएको । माता पिता बित्दाको दुःख जीवनको सबैभन्दा कठोर र कठिन दुःख हो । घरको जेठो छोरो सबैलाई सम्हाल्नु पर्ने । त्यो पीडा म कहिले पनि भुल्न सक्दिन बैंकर्स राजनसिंह भण्डारीले भने । 

स्कूले लाइफमा त उनी जुझारु स्वभावका थिए । कसैले नचाहिँदो कुरा गर्यो भन्यो त्यहिनै बजै हाल्ले । उनी अन्याय सहनुलाई महापाप हो भन्ने ठान्दथे । ‘गलत काम गर्नेसँग त कति लडे लडे,’ उनले भने ‘कलेजमै पनि कतिलाई पिटियो पिटियो ।’ जिम्दारको छोरो कसले छुन सक्ने ?  ‘म साह्रै रमाइलो गर्नुपर्ने रोमान्टिक मान्छे,’ उनले भने ‘बुबाको मलाई डाक्टर बनाउने इच्छा थियो ।’ तर, मलाई चार्टर्ड एकाउन्टेन बन्नु थियो ।

चार्टर्ड एकाउन्टेन बन्ने इच्छाले मैले राष्ट्र बैंक प्रवेश गरेको हुँ । डाक्टर पुजनीय पेशा भएपनि सधै पीडामात्र देख्नु पर्ने । छटपट्टी, दुःख र दर्दमात्रै देख्नुपर्ने । म फेरि मनको साह्रै कमलो मान्छे । कसैको दुःख र पीडा देख्नै नसक्ने । त्यसैले मैले डाक्टर पेशामा लागिन । बुबाको इच्छा भएपनि मलाई मेरो स्वभावले नै दिएन र राष्ट्र बैंक प्रवेश गरे । 

महोत्तरीको तत्कालिन औरहीमा विक्रम सम्बत २०१६ सालमा जन्मिएका उनले स्कूले जीवन उनकै हजुरबुबाले स्थापना गरेका प्रसाद सिंह माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका हुन् । घरमा बुबाको दवावको कारण स्कूले जीवनमा सधै फष्ट बन्नु पर्ने भएपनि कलेजमा भने फष्ट डिभिजनमै चित्त बुझाए । जागिर खाने सोचमा उनी थिएनन् । तर, उनलाई जसरी पनि चार्टर्ड एकाउन्टेन बन्नु थियो  । 

डेपुटी गभर्नरमा आफूभन्दा जुनियर साथीको नाम सिफारिस भएपछि उनलाई त्यहाँ काम गर्न मन लागेन र भण्डारी राजीनामा बोकेर तत्कालिन गभर्नर विजयनाथ भट्टराईलाई राजीनामा स्वीकृत गरिदिन आग्रह गरे । र उनको राजीनामा स्वीकृत पनि भयो । हुनत उनले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि पनि दुई पटक प्रयत्न नगरेका होइनन् । राजनीतिक नियुक्तिका कारण माहोल मिल्दामिल्दै पनि उनलाई सरकारले गभर्नरमा भने नियुक्त गरेन । 

चार्टर्ड एकाउन्टेन्ट पढ्नकै लागि उनी राष्ट्र बैंक सहायकस्तरबाट छिरेका हुन् । खरदारबाट राष्ट्र बैंक प्रवेश गरेका राजनसिंह भण्डारी राष्ट्र बैंक कार्यकारी निर्देशकबाट छानिने डेपुटी गभर्नरको छनोटमा नपरेपछि त्यहाँबाट बाहिरिए । भारतको चेन्नाइबाट सन् १९८७ चार्टर्ड एकाउन्टेन पढेर फर्किएको १९ वर्षपछि उनले राष्ट्र बैंक छाडेका हुन् । डेपुटी गभर्नरमा आफूभन्दा जुनियर साथीको नाम सिफारिस भएपछि उनलाई त्यहाँ काम गर्न मन लागेन र भण्डारी राजीनामा बोकेर तत्कालिन गभर्नर विजयनाथ भट्टराईलाई राजीनामा स्वीकृत गरिदिन आग्रह गरे । र उनको राजीनामा स्वीकृत पनि भयो । हुनत उनले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि पनि दुई पटक प्रयत्न नगरेका होइनन् । राजनीतिक नियुक्तिका कारण माहोल मिल्दामिल्दै पनि उनलाई सरकारले गभर्नरमा भने नियुक्त गरेन । 

म माग्ने मान्छे होइन, दिने मान्छे हो । राष्ट्र बैंकमा बसेर लक्ष्य प्राप्ती गर्न नसक्ने देखेपछि उनले निवृत्त नहुँदै २००६ को अन्तिम दिन राष्ट्र बैंक छाडे र त्यसकै भोलिपल्ट सिटिजन इन्टरनेशनल बैंकमा प्रमुख कार्यकारी अधिकृत बने । राष्ट्र बैंकमा काम गर्दा उनले कलेज पनि पठाउने गरेका थिए । तर, बैकिङ क्षेत्रको अनुभवका कारणले उनी त्यो पेशामात्रै रमाउन सक्ने अवस्था देखिएन र वाणिज्यमा काम गरेर देखाउने अठोटका साथ अघि बढे । 

‘इमान्दार भएर काम गरिरहे, ममा काम गर्ने आँट, जोश जाँगर र प्रतिवद्धता थियो । सधै सकारात्मक सोचका साथ अघि बढ्दै गए र मलाई सफलता पनि मिल्दै गयो,’ भण्डारीले भने । बैंक सञ्चालकनका क्रममा निकै अप्ठ्यारो परिस्थितिहरू पनि आए । कति दिन त उनी सुतेनन् । तर, पछि परिस्थिति सहज बन्दै गयो । बैंक सफल पनि भयो । अहिले बैंकको प्रफरमेन्स राम्रो छ । 

इमान्दार भएर काम गरिरहे, ममा काम गर्ने आँट, जोश जाँगर र प्रतिवद्धता थियो । सधै सकारात्मक सोचका साथ अघि बढ्दै गए र मलाई सफलता पनि मिल्दै गयो,’ भण्डारीले भने । बैंक सञ्चालकनका क्रममा निकै अप्ठ्यारो परिस्थितिहरू पनि आए । कति दिन त उनी सुतेनन् । तर, पछि परिस्थिति सहज बन्दै गयो । बैंक सपल पनि भयो । अहिले बैंकको प्रफरमेन्स राम्रो छ । 

वास्तवमा सिटिजन बैंकको स्थापनानै उनैका लागि भएको जस्तै देखिन्छ र हो पनि । उनले राष्ट्र बैंक छाड्छन् भन्ने थाहा पाएपछि केही उद्यमीहरूले उनलाई बैंक चलाउन आग्रह गरेका हुन् । थियो । लगातार ३ कार्यकालसम्म सीईओ भएर सिटिजन बैंकमा काम गरेका उनको लक्ष्य जागिरे भएर होइन, सिटिजन बैंकको सीईओ बनेपछि पुरा हुँदै गयो । र आफूलाई सो पदमा बसेर काम गर्न मन लागेसम्म काम गरे र पछि आफ्नैले इच्छाएका व्यक्ति गणेश पोखरेललाई बैंकको प्रमुख कार्यकारी अधिकृत बनाएर आफू भने बैंकको प्रमुख सल्लाहकार बने । 

साढे चार दशक लामो बैंकिङ करियरमा उनले धेरै उतारचढाव, आरोहरअवरोह देखे । उनमा भएको खुबी र इमान्दारिताले असहज परिस्थितिसँग जुध्न पनि उनलाई त्यति गाह्रो परेन । बैंकलाई सफल बनाउन उनी दिनरात लागि परिरहे । अधिक तरलताको अवस्था होस् या अभावको अवस्था होस्, बैंकको कार्य सम्पादनमा कुनै आँच आउन दिएनन्, उनले । दुई अर्बको बैंकलाई ८ अर्ब पुर्याउदा समेत सहजताका साथ नै बैंक अभिवृद्धिको बाटोमा लागि रह्यो ।  

नियामक निकाय र निजी बैंक दुबैको भरपूर्ण अनुभव सम्हालेका बैंकर भण्डारीले आफू जुन जुन पदमा जसरी रहे सोही अनुसारको काम जिम्मेवारपूर्वक गरेर पनि देखाए । राष्ट्र र्बैंकमा काम गर्दा कुनै दिन यो बैंक हाक्छु भन्ने इच्छा थियो, सिटिजनमा गएपछि यसलाई सफल र नेपालीको आवश्यकता अनुरुप चल्ने बैक बनाउने लक्ष्य लिएर अघि बढे र उनले यसलाई यो शिखरमा पुर्याए पनि । उनको निशाना जहिले पनि गोल गर्नेमै हुन्थ्यो । ‘तर, पनि नियामक निकायको निर्णयलाई काम गर्ने क्रममा कहिले लत्याइन,’ उनले भने ‘सधै नियामकको निर्देशकै आधारमा अघि बढे । नेपाल बैकर्स संघका अध्यक्ष बनिसकेका भण्डारीले राष्ट्र बैंक ऐन संशोधनका विषयमा पनि धेरै गर्न खोजे तर, उनको चाहेको जस्तो काम भने हुन सकेन । 

उनले यो यात्रामा राज्यलाई ५ करोड त राजस्व नै तिरिसकेका छन् । अब राज्यलाई अझ धेरै राजस्व तिर्ने जनशक्ति उत्पादन गर्ने अभियानमा उनी जुटेका छन् । अहिले उनी त्यहि बैंकको सञ्चालक समितिका अध्यक्ष छन् । साथीहरू अहिले पनि उनलाई त्यहि भेट्न आउँछन् । तर, उनको अहिलेको अभियान भने फरक छ । 

शेयरधनीलाई उचित लाभांश दिन सक्ने भएपछि उनले आफूलाईक्षमतावान बैंकरको भएको अनुभूति गरे । बैंकबाट टाढा रहन नसक्दा नसक्दै पनि उनी अहिले देश आम नागरिकलाई कमाउने बाटो देखाउन तथा सो बाटोमा हिडाउनका लागि देश दौडाहमा लागेका छन् । कहिले उनी सूदुरपश्चिम पुग्छन् त कहिले पूर्वमा कहिले पश्चिम तथा कर्णाली प्रदेशमा । यसरी उनी देश दौडाहमा लाग्नुको एउटै उद्देश्य हो आम नागरिकलाई रोजगार बनाउने, पैसा कमाउने बनाउने । 

काम गर्दा सानो ठूलो कोही पनि हुँदैन । श्रमको मूल्य बुझ्नु पर्छ । इच्छा तपाईको हो के गर्न सक्नु् हुन्छ आफ्नो क्षमताको परिचान गरि पैसा कमाउने काममा लाग्नु उत्तम उपाय हो ।  काम गर्ने चाहना भएमा बैंकले लोन दिन्छ । म पैसा कमाउने उपाय सिकाउँछु । तपाईहरू हिम्मत गर्नुस्, एक दिन अवश्य पनि समाजले तपाईँलाई चिन्ने छ । उचित कदर पनि गर्नेछ,’ उनले भने । 

त्यतिकै बसेका मान्छेलाई मासिक ३/४ हजारमात्र आम्दानी गर्ने बनाउन सकेमात्रै पनि राम्रो हुन्छ नि होइन, उनले प्रतिप्रश्न गरे । यहाँ अवसर धेरै छ । तर, आईडीया नहुँदा अर्थात दम्भका कारण सानो तिनो काममा आँखा लगाइरहेको अवस्था छैन । हो, पैसा त्यहि सानो व्यवसायमा बढी छ । 
काम गर्दा सानो ठूलो कोही पनि हुँदैन । श्रमको मूल्य बुझ्नु पर्छ । इच्छा तपाईको हो के गर्न सक्नु् हुन्छ आफ्नो क्षमताको परिचान गरि पैसा कमाउने काममा लाग्नु उत्तम उपाय हो ।  काम गर्ने चाहना भएमा बैंकले लोन दिन्छ । म पैसा कमाउने उपाय सिकाउँछु । तपाईहरू हिम्मत गर्नुस्, एक दिन अवश्य पनि समाजले तपाईँलाई चिन्ने छ । उचित कदर पनि गर्नेछ,’ उनले भने । 

‘पैसाको सही ढंगले सदुपयोग गर्यो भने कसरी आम्दानी बढ्छ भन्ने कुरा मैले नजिकबाट देखेको छु,’ उनले भने ‘केही मान्छेलाई मात्रै भएपनि मैले आम्दानी गर्न सक्ने बनाइ दिन सके भने मैले जीवनमा ठूलो काम गरेको ठान्ने थिए । यहि अभिायनमा अहिले म छु ।  थोरै कमाएर रमाउने होइन धेरै कमाएर आफू र आफ्नो परिवारको भविष्य सुनिश्चित गर्नेतर्फ लाग्नुपर्छ भन्ने हो । 

प्रतिक्रिया दिनुहोस