शेयरमा सम्पत्ति शुद्धीकरण पालना नगर्नेलाई कारबाही गरिने - Aarthiknews
aarthiknews.com आइतबार, १२ माघ २०७६   Sunday, 26 January, 2020
 
Bajaj_Bike

शेयरमा सम्पत्ति शुद्धीकरण पालना नगर्नेलाई कारबाही गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ असार २०७६
Sunrise bank
शेयरमा सम्पत्ति शुद्धीकरण पालना नगर्नेलाई कारबाही गरिने
LBEF

काठमाडौं । शेयरमा सम्पत्ति शुद्धीकरण पालना नगर्ने कम्पनीलाई ५ करोड रुपैंयासम्म जरिवाना हुने भएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार दोस्रो बजारमा सूचीकृत कम्पनीहरुले सम्पत्ति शुद्धीकरण सम्वन्धी ऐनमा भएका व्यवस्था कार्यान्वयन नगरे पाँच करोड रुपैयाँसम्म जरीवाना हुने भएको छ।

धितोपत्र बजारमा अवैध लगानी हुन नदिने लक्ष्यका साथ नेपाल धितोपत्र बोर्डले आज एक निर्देशन जारी गरेको छ ।  सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७६ जारी गर्दै उक्त निर्देशन अटेर गर्नेलाई अधिकतम रु पाँच करोडसम्मको जरिवाना गर्ने व्यवस्था गरेको छ । 

अवैधरुपमा धितोपत्र बजारमा लगानी गर्नेलाई पहिलो पटक लिखित रुपमा सचेत गराउने, दोस्रो पटक व्यवसाय गर्न रोक लगाउने, तेस्रोपटक रु दश लाखदेखि पाँच करोडसम्म जरिवाना गर्ने र त्यसपछि सूचक संस्थाका दर्ता खारेज गर्ने व्यवस्था गरिएको बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिए । 

 उक्त निर्देशन लागू भएपछि एक दिनमा पटक÷पटक वा एकैपल्ट रु दश लाखभन्दा बढीको कारोवारको जानकारी वित्तीय जानकारी एकाइमा दिनुपर्नेछ । ग्राहकको पहिचान तथा जाँच गर्दा जोखिममा आधारित भएर गर्नुपर्ने, सूचक संस्थाले जोखिमलाई उच्च, मध्यम र न्यून वर्गमा वर्गीकरण गर्नुपर्ने, जोखिम देखिएका ग्राहकको हकमा वृहत ग्राहक पहिचानको उपाय अवलम्बन गर्नुपर्नेछ । 

 सूचक संस्थाले व्यावसायिक सम्बन्ध स्थापना वा कारोबार गर्दा वास्तविक धनीको पहिचान गर्नका लागि आवश्यक मनासिव उपाय अवलम्बन गर्नुपर्नेछ । बोर्डका अनुसार उक्त निर्देशन आगामी साउन १ गतदेखि लागू हुनेछ । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलाप सम्बन्धी प्रचलित कानूनको कार्यान्वयन र सो सम्बन्धी कसूरको अनुसन्धानमा कानून कार्यान्वयन गर्ने निकायलाई आवश्यक सहयोग गर्नुपर्ने निर्देशनमा उल्लेख छ । 

 सूचक संस्थाले खास कारोबारको सम्बन्धमा विशेष ध्यान दिने प्रणालीको विकास गरी लागू गर्नुपर्ने, ग्राहकको पहिचानका सम्बन्धमा पेश गरिएका विवरण तथा पेश गरिएका कागजात रुजु गर्नुपर्ने जिम्मेवारीसहित कुनै कर्मचारीलाई तोकी त्यस्ता विवरण तथा कागजातको आधिकारिकता तन्दुरुस्त राख्नुपर्ने छ । 

प्रतिक्रिया दिनुहोस