कृषकलाई साढे चार करोड क्षतिपूर्ति दिइने - Aarthiknews
aarthiknews.com आइतबार, १२ माघ २०७६   Sunday, 26 January, 2020
 
Bajaj_Bike

कृषकलाई साढे चार करोड क्षतिपूर्ति दिइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ असार २०७६
Sunrise bank
कृषकलाई साढे चार करोड क्षतिपूर्ति दिइने
LBEF

जिल्ला प्रशासन कार्यालयको सक्रियतामा आज बसेको सर्वपक्षीय बैठकले मकवानपुरका बर्डफ्लु रोगबाट पीडित भएका कृषकलाई राहतस्वरुप अनुदान रकम वितरण गर्ने निर्णय गरेको छ ।

पशुसेवा विभाग काठमाडौँबाट कृषकलाई यही असार ९ गते हेटौँडामा अनुदान रकम वितरण गरिने प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार मकवानपुरका ५४ कृषकलाई राहतस्वरुप क्षतिपूर्तिबापत रु चार करोड ४२ लाख उपलब्ध गराइने भएको छ । 

 हेटौँडा उपमहानगरपालिका वडा नं। ६, ७, ८, १४, १५, १६ र १७ मा गरी ५४ कृषकका फर्ममा गत फागुनको पहिलो सातादेखि बर्डफ्लुको प्रकोप देखिएपछि प्रशासनले कुखुरा नष्ट गर्ने अभियान शुरु गरेको थियो । सो अभियानअन्तर्गत प्रशासनले विभिन्न समयमा ६६ हजार ५४६ कुखुरा नष्ट गरेको थियो ।

  कृषकहरुको कुखुरा नष्ट गर्दा प्रत्येक कुखुराबापत रु नौ सय चार माग गरे पनि पशु सेवा विभागले भने रु ६७५ अर्थात् ७५ प्रतिशत रकम उपलब्ध गराएको छ । सो रकम प्रकृति जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण कार्यालय हेटौँडाबाट वितरण गरिने कार्यालय प्रमुख सानुकाजी पछाईले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस