aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

सिन्धु विकास बैंकले यस वर्ष लाभांश नदिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ फागुन २०७७
Reliance life insurance
सिन्धु विकास बैंकले यस वर्ष लाभांश नदिने
Jagadamba
LBEF

 काठमाडौं । सिन्धु विकास बैंकले यस वर्ष शेयरधनीहरुको हात खाली बनाउने भएको छ । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मार्फत सुचना जारी गर्दै यस वर्षको लागि कुनै पनि लाभांश प्रस्ताव नगरेको जानकारी दिएको हो । 

गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदन सञ्चालक समितिले पास गरी नेपाल राष्ट्र बैंकमा थप स्वीकृतिका लागि पेश गर्ने निर्णय कम्पनीको फागुन ६ गतेको सञ्चालक समितिको बैठकले गरेको छ ।

 यस कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७५/७६ को सञ्चित मुनाफबाट भने ११ दशमलव ४९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६० प्रतिशत नगद लाभांश दिएको थियो ।
 

प्रतिक्रिया दिनुहोस