aarthiknews.com शनिबार, ११ बैशाख २०७८   Saturday, 24 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

नेशनल माइक्रोफाइनान्सले चैत ५ गते बोलायो साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ फागुन २०७७
Reliance life insurance
नेशनल माइक्रोफाइनान्सले चैत ५ गते बोलायो साधारण सभा
Jagadamba
LBEF

 काठमाडौं । नेशलन माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले चैत ५ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीको फागुन ३ गते बसेको सञ्चालक समितीको बैठकले क्रिक रिसोर्ट, धादिङमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । 

सभाले प्रस्तावित २१ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत शून्य दशमलव ६ प्रतिशत नगद लाभांश पारित गर्नेछ । साथै सर्वसाधारण तर्फबाट दुई जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम पनि सभाका लागि तय भएको छ । 

अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ती प्रकृयामा जाने भएमा त्यसको सम्पूर्ण जिम्वेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । 
कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन १४ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा फागुन १३ गते सम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस