
काठमाडौं । नेपाल आयल निगमले एक हप्ता नवित्दै पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी डिजेल, पेट्रोल, मट्टितेल आन्तरिक हवाई इन्धनको मूल्यल्यमा प्रति लिटरमा दुई रुपैयाँले बढाइएको हो ।
निगमका अनुसार वृद्धि भएको मूल्यपछि काठमाडौं पेट्रोल प्रतिलिटर ११४, डिजेल तथा मट्टितेलको ९७ र आन्तरिक हवाई इन्धनको मूल्य ६७ रुपैयाँ कायम भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन ।
यसअघि आयल निगमले माघ २८ गते बुधबार पेट्रोल, डिजेल, मट्टितेल र एलपी ग्यासमा मूल्यवृद्धि गरेको थियो । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको कच्चा तेलको मूल्य बढेर घाटा चुलिएकाले मूल्य समायोजन गर्नु निगमको दाबी छ ।
कोभिड १९ का कारण सिथिल भएको विश्वको अर्थतन्त्र चलायमान भएका कारण ईन्धनको माग पनि बढेको छ । जनवरीमा १० पटक मूल्य वृद्धि हुँदा पेट्रोल २.५९ रुपैयाँ भारु र डिजेल २.६१ रुपैयाँ भारु भारतमा नै मूल्य बढेको थियो । सन २०२१ मा पेट्रोल ५.५८ रुपैयाँ भारु र डिजेलमा ५.९३ रुपैयाँ भारु मूल्य बढिसकेको छ ।
कच्चा तेल १३ महिनामा सबैभन्दा महँगो दरमा पुगेको छ । यस वर्ष कच्चा तेल २१ प्रतिशतले महँगो भएको छ । ब्रेन्ट क्रुड आयल ६३ डलर व्यारलभन्दा बढीले मूल्य बढेको छ ।
प्रतिक्रिया दिनुहोस