नक्कली विजक बनाएर करिब ३ अर्ब राजस्व छली गरेको अभियोगमा १५ जनालाई मुद्दा - Aarthiknews
aarthiknews.com सोमबार, ३० भदौ २०७६   Monday, 16 September, 2019
 

नक्कली विजक बनाएर करिब ३ अर्ब राजस्व छली गरेको अभियोगमा १५ जनालाई मुद्दा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ असार २०७६
Sunrise bank
नक्कली विजक बनाएर करिब ३ अर्ब राजस्व छली गरेको अभियोगमा १५ जनालाई मुद्दा
LBEF
NCH-IPS

 काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली विजक तयार एवम् बिक्री गरी राजस्व छलि गरेको अभियोगमा सुनसरी जिल्ला इनरुवा– ९, वलाहा स्थायी ठेगाना भई हाल भक्तपुर जिल्ला मध्यपुर ठिमी–३, बस्ने वर्ष ४९ का गोपाल प्रसाद भट्टराई सहित १५ जनालाई दुई अर्ब ९८ करोड ५७ लाख ५७ हजार ११५ रुपैयाँ विगो कायम गरी विगो असुल उपर गराई विगोको दुई गुणा जरिवाना र तीन वर्ष कैद सजाय समेतको माग दाबी लिई काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ ।

 बयान, विभिन्न बैंक तथा फाइनान्सबाट प्राप्त स्टेटमेन्टलगायतका कागजात, आन्तरिक राजस्व विभागमा पेस गरेका  विवरणहरु समेतबाट प्रतिवादीहरु विनोद धमाला, सन्तोष कुमार कार्की, मेघ बहादुर श्रेष्‍ठ, धन बहादुर भोम्जन, भरत बहादुर दुम्जन, विमल पुतुवार, नारायण कोइराला (दमाई) र पार्वती सुचिकार समेतका नाममा विभिन्‍न ८ वटा फर्महरु दर्ता गराई उल्लेखित फर्महरुको सम्पूर्ण आर्थिक कारोवार गर्ने व्यक्ति गोपाल प्रसाद भट्टराई र रिम्वरध्वज कार्कीले त्यस्ता फर्महरुबाट वास्तविक रुपमा बस्तु तथा सेवाको खरिद बिक्री कारोबार नै नगरी झुठ्ठा बिजक तयार गरी राज्यलाई तिर्नुपर्ने कर दायित्व नतिर्ने प्रपन्च जालसाजी गरी निजी फाईदा लिई राजस्व चुहावट गरेको  देखिएको विभागको भनाइ छ ।

यस्ता फर्महरुले वस्तु तथा सेवाको वास्तविक खरिद बिक्री कारोबार नै नगरी बिजक मात्र जारी गर्ने गरेको हो, सो फर्महरुले वस्तु तथा सेवाको वास्तविक खरिद बिक्री नगरी झुट्टा तथा नक्कली मूअकर विजकमात्र विभिन्‍न फर्मका नाममा जारी गरी राजस्व छलि गर्ने कार्यमा संलग्न रहेको अभियोग लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस