कैलाली हावाहुरी पिडितको लागि जनता बैंकको आर्थिक सहयोग - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

कैलाली हावाहुरी पिडितको लागि जनता बैंकको आर्थिक सहयोग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ असार २०७६
Sunrise bank
कैलाली हावाहुरी पिडितको लागि जनता बैंकको आर्थिक सहयोग
LBEF
NCH-IPS

गत जेठ २३ गते सुदुरपश्चिम प्रदेशको कैलाली जिल्लाको धनगढी आसपासमा आएको भिषण हावाहुरीमा परि पिडित हुनेहरुको लागि जनता बैंकको तर्फबाट नगद आर्थिक सहयोग प्रदान गरिएको छ । 

धनगढी उपमहानगरपालिकाले संचालन गरेको ‘धनगढी उपमहानगरपालिका प्रकोप ब्यबस्थापन कोष’ लाई बैंकको तर्फबाट रु। १ लाख ५० हजार नगद सहयोग उपलब्ध गराइएको हो । 

उक्त सहयोग रकमको चेक बैंकको सुदरपश्चिम प्रदेशका प्रादेशिक प्रमुख मुकुन्दप्रसाद भट्टले धनगढी उपमहानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टलाई हस्तान्तरण गरेका थिए । 

उक्त रकम पिडितहरुको पुनःस्थापनाको क्षेत्रममा खर्च गरिने जनाएको छ ।  जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैविप्रकोप राहत लगाएत अन्य विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस