aarthiknews.com आइतबार, ०५ साउन २०७६   Sunday, 21 July, 2019
 

नेपाल इन्भेष्टमेन्ट बैंक र जेबिल्स फाइनान्सको विशेष साधारण सभा आज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ असार २०७६
Sunrise bank
नेपाल इन्भेष्टमेन्ट बैंक र जेबिल्स फाइनान्सको विशेष साधारण सभा आज
NIBL-Capital-inside
LBEF

नेपाल इन्भेष्टमेन्ट बैंक र जेबिल्स फाइनान्स लिमिटेडको विशेष साधारण सभा आज असार ६ गते भइरहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको विशेष साधारण सभा बिहान १० बजे नेपाल प्रजा प्रतिष्ठान, कमलादी हुने भइरहेको छ । सभामा जेबिल्स फाइनान्सलाई प्राप्त गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै जेबिल्स फाइनान्स लिमिटेडको विशेष साधारण सभा १० बजे कालिमाटी व्याङक्वेट, कालिमाटीमा भईरहेको छ । सभामा नेपाल इन्भेष्टमेन्ट बैंकले प्राप्ति गर्ने प्रस्ताव रहेको छ । जसको बुक क्लोज जेठ २७ गते रहेको थियो ।
 

जेबिल्स फाइनान्सको सय कित्ता शेयर बराबर नेपाल इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता हुने गरी शेयर अनुपात कायम गर्ने सम्झौता भएको छ । 

जेबिल्स फाइनान्सको चुक्ता पुँजी ८४ करोड ८० लाख ६ हजार रुपैयाँ रहेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको १२ अर्ब ५८ करोड ९९ लाख ७ हजार रुपैयाँ रहेको छ । दुबै कम्पनी एक भएपछि कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४३ करोड ७९ लाख १३ हजार रुपैयाँ पुग्नेछ ।
 

प्रतिक्रिया दिनुहोस