aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

महालक्ष्मी लाईफको साधारण सभा सम्पन्नः सञ्चालकमा ५ जना नियुक्त, ६० करोडको आईपीओ जारी गर्ने निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०३ फागुन २०७७
Reliance life insurance
महालक्ष्मी लाईफको साधारण सभा सम्पन्नः सञ्चालकमा ५ जना नियुक्त, ६० करोडको आईपीओ जारी गर्ने निर्णय
Jagadamba
LBEF

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा काठमाडौंमा आज सम्पन्न भएको छ । आज बसेको साधारण सभाले सर्वसाधारणको लागि छुट्टाइएको ६० करोड रकम शेयर निष्काशन गर्ने निर्णय गरेको छ ।  

अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा होटल र्‍याडिसनमा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै जीबन बीमा क्षेत्रको अवस्था र समस्या बारेमा जानकारी गराएका थिए ।  

अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको बर्तमान वित्तीय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए । सभाले अध्यक्ष द्धारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आर्थिक वर्ष २०७५र७६ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तीय विवरण पास गरेको छ । 

सभामा संस्थापकहरुको तर्फबाट आगामी ४ वर्षका लागि मनोरञ्जन रमण शर्मा, उमेशलाल श्रेष्ठ, शुरेश सापकोटा, सम्झना अर्याल र विश्वचन्द घिमिरे निर्विरोध सञ्चालकमा निर्वाचित भएका छन् । 

प्रतिक्रिया दिनुहोस