पक्रेर गोलि ठोक्दै मुठभेडको प्रचारवाजी ! - Aarthiknews
aarthiknews.com बुधबार, २७ कार्तिक २०७६   Wednesday, 13 November, 2019
 
Bajaj_Bike

पक्रेर गोलि ठोक्दै मुठभेडको प्रचारवाजी !

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ असार २०७६
Sunrise bank
पक्रेर गोलि ठोक्दै मुठभेडको प्रचारवाजी !
LBEF
NCH-IPS

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल मुठभेडमा मारिएको प्रहरीको दाबी छ । सर्लाहीको लालबन्दी नगरपालिका १ लखन्ती खोलामा बिहीबार दिउँसो मुठभेड भएको प्रहरीको भनाई छ ।

राष्ट्रसेवक प्रहरीलाई सामान्य पनि क्षति नपुग्नु सुखद खबर हो । तर, मुठभेड भएर नै यस्तो भएको हो भन्ने विश्वास गर्न गाह्रो छ । बाटोमा हिँडिरहेका मान्छेलाई शंकाका आधारमा प्रहरीले ‘अवश्य’ गोली चलाउँदैन । विप्लव समूहकाले पहिले गोली चलाएका हुन् भने प्रहरीलाई पनि चोटपटक लाग्न सक्थ्यो ।

सुरुमा फायरिङ गर्नेले केही पनि गर्न नसक्ने, तर जवाफी कारबाही गर्नेले मान्छे ठहरै पार्ने अनौठो उदाहरण बिहीबारको घटनाले देखाएको छ । प्रहरीसँग यस्तो कौशल विरलै देखिने गर्छ ।

बाटोमा प्रहरीसँग जम्काभेट भएपछि विप्लव समूहका चार कार्यकर्तासँग मुठभेड भएको प्रहरीको भनाइ छ । प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलका अनुसार घटनास्थलबाट पेस्तोल बरामद भएको छ । प्रदेश २ प्रहरी कार्यालय र जिल्लाबाट खटिएको टोलीसँग मुठभेड भएको पनि उनले बताए ।

प्रहरीको दाबीले प्रश्न उठ्छ– के विप्लव समूह साँच्चै द्वन्द्वमा गएको हो ? उनीहरू हतियार बोकेर खोलानाला र गाउँ–पखेरा हिँड्न थालेका हुन् ? स्थिति साँच्चै त्यस्तै हो भने एक–एकजनालाई गोली हानेर यो समस्याको समाधान हुन सक्छ ?

मुठभेडले नै समस्या समाधान गर्ने हो भने राज्यसँग के–कस्तो रणनीति छ ? तर, प्रहरीका यस्ता कारबाहीले समस्या समाधान गर्नेभन्दा द्वन्द्व उक्साउने जोखिम छ ।

प्रतिक्रिया दिनुहोस