aarthiknews.com सोमबार, ०६ बैशाख २०७८   Monday, 19 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

पूर्वाधार क्षेत्रमा लगानी गर्न १० अर्ब रुपैयाँको कोष सञ्चालन गर्दै एनआरएनए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ माघ २०७७
Reliance life insurance
पूर्वाधार क्षेत्रमा लगानी गर्न १० अर्ब रुपैयाँको कोष सञ्चालन गर्दै एनआरएनए
Jagadamba
LBEF

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को अग्रसरतामा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरिने भएको छ । सो कोष सञ्चालन गर्न गैरआवासीय नेपाली संघले नेपालमा छुट्टै कम्पनी दर्ताको कार्य अघि बढाएको छ ।  अर्थ मन्त्रालयमा बसेको बैठकमा यसरी स्थापना हुने कम्पनीमार्फत उक्त कोषमा नेपाल सरकारले पाँच प्रतिशत लगानी गर्ने निर्णय भएको छ । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तत्काल उक्त कोष सञ्चालन गर्न रकम सहित आवश्यक अन्य सहयोग गर्ने बताउँदै एक हप्ताभित्र कम्पनीको दर्ता प्रकृया टुङ्गो लगाएर काम सुरु गर्न गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तलाई सुझाएका छन् । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले अहिले कम्पनी दर्ता प्रक्रिया रहेको बताए । पन्तका अनुसार कम्पनीमा गैरआवासीय नेपाली संघको १० प्रतिशत शेयर रहनेछ भने ८५ प्रतिशत विदेशमा रहेका नेपालीहरुको शेयर हुनेछ । गैरआवासीय नेपालीहरुले लगानीका लागि आईपिओ जारी गरिनेछ ।

अध्यक्ष पन्तले सो बैठकमा लगानीका क्षेत्रहरुबारे पनि प्रस्तावहरू आइसकेको जानकारी दिएका छन् । उनले विदेशमा रहेका नेपालीहरु नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न उत्सुक रहेको बताए । बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, अर्थ सचिव शिशिरकुमार ढुंगाना, राजस्व सचिव रामशरण पुडासैनी,  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्रीका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ,  लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट लगायत सहभागिता थियो । 
 

प्रतिक्रिया दिनुहोस