'बीमाको कभरेज अब २० प्रतिशत पुग्छ ' - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

'बीमाको कभरेज अब २० प्रतिशत पुग्छ '

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
Sunrise bank
'बीमाको कभरेज अब २० प्रतिशत पुग्छ '
LBEF
NCH-IPS

काठमाडौं । नेपालमा बीमाको कभरेज २० प्रतिशत भन्दा बढि पुग्ने बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागाँइले बताएको छन् । युनियन लाइफ इन्स्योरेन्सको प्रदेश नं. ३ अन्तर्गतको प्रादेशिक कार्यालयको बिहिबार उद्घाटन गर्दै देशमा बीमा व्यावसायका लागि अनुकुल वातावरण बनाउन बीमा समिति सक्रिय भएर लागि परिरहेको बताउदै बीमाको कभरेज २० प्रतिशत भन्दा बढि पुग्ने बताएका हुन ।  

उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईले यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल गरिरहेको उल्लेख गरे । यूनियन लाइफले बबरमहलमा स्थापना गरेको यूनियन लाइफ इन्स्योरेन्सको प्रदेश नं ३ अन्तर्गतको प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त कार्यालयको उद्घाटन बीमा समितिका अध्यक्ष  चिरन्जीबी चापागाई, कम्पनी संचालक समितिका अध्यक्ष  शुलभ अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले संयुक्त रुपमा गरेका छन् । 

 कम्पनीले देशको संघिय ढाँचा अनुसार प्रत्येक प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गर्ने थालनी स्वरुप प्रदेश नं. ३ को प्रादेशिक कार्यालय काठमाण्डौंको बबरमहलमा स्थापना गरेको हो । सो कार्यालयबाट प्रदेश नं. ३ अन्तर्गतका शाखा तथा उपशाखा कार्यालयहरुको समन्वय एवं ब्यवस्थापनको काम गरिने ब्यवस्था गरिएको छ ।  

  
देशको संघिय ढाँचा अनुसार निकट समयमा कम्पनीले ७ वटै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरी शाखा तथा उपशाखा कार्यालयहरुको कार्य संचालन प्रणालीलाई प्रभावकारी बनाउने नीति लिएको छ । कम्पनीका देश भर १५६ शाखा तथा उपशाखा कार्यालयहरु संचालनमा रहेको छन् । 


 

प्रतिक्रिया दिनुहोस