क्लिन फिड लागू गर्न खोजेको भन्दै विदेशी च्यानल बन्द गर्ने धम्की - Aarthiknews
aarthiknews.com सोमबार, ३० भदौ २०७६   Monday, 16 September, 2019
 

क्लिन फिड लागू गर्न खोजेको भन्दै विदेशी च्यानल बन्द गर्ने धम्की

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
Sunrise bank
क्लिन फिड लागू गर्न खोजेको भन्दै विदेशी च्यानल बन्द गर्ने धम्की
LBEF
NCH-IPS

काठमाडौं । सरकारले संसदमा पेश गरेको विज्ञापन नियमनसम्वन्धी विधेयकको बिरोधमा  इन्टरनेट तथा डिजिटल टीभी समन्वय समिति र नेपाल केवल टेलिभिजन महासंघले २४ घण्टा विदेशी च्यानलहरु बन्द गर्ने भएका छन् । सरकारले बिधेयकमा बिदेशी च्यानललाई विज्ञापनरहित बनाउने तयारी गरेको भन्दै सांकेतिक विरोध स्वरुप असार ९ गते दिउँसो १२ बजेदेखि असार १० गते १२ बजेसम्म विदेशी च्यानलहरु बन्द गर्ने धम्की दिएका हुन ।

हाल संसदमा विचाराधीन रहेको उक्त बिधेयक को दफा ६ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरुले नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिदेखि विज्ञापनरहित (क्लिन फिड) प्रसारण गर्नुपर्नेछ भन्ने बुदा उल्लेख गरेको छ । साथै उक्त विधेयकको दफा ६ को उपदफा २ मा विदेशी विज्ञापनलाई नेपालका सञ्चार माध्यमहरुले डबिङ गरी प्रसारण गर्न नपाउने ब्यवस्था छ ।

केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले ०७४ साल साउन १ गतेदेखि ‘क्लिन फिड’ लागू गर्ने निर्णय गरेको थियो । तर, नेपाली टेलिभिजन वितरक र भारतीय टेलिभिजन प्रसारकको दबावका कारण सरकार हटेको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस