aarthiknews.com शुक्रबार, १० बैशाख २०७८   Friday, 23 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

१ किलो नक्कली सुन दिई ५५ लाख रुपैयाँ ठगी गर्ने ५ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ माघ २०७७
Reliance life insurance
१ किलो नक्कली सुन दिई ५५ लाख रुपैयाँ ठगी गर्ने ५ जना पक्राउ
Jagadamba
LBEF

काठमाडौं । काठमाडौं महानगरपालिका ताहाचल बस्ने एक व्यक्तिलाई सुन जस्तो देखिने १ किलो पहेलो धातु सक्कली सुन हो भन्दै ५५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–१६ बस्ने काभ्रे भुम्लु गाउँपालिका–५ घर भएका ३२ वर्षीय सन्त बहादुर लामा, काठमाडौं तार्केश्वर नगरपालिका–५ शान्तिटोल बस्नेहरु नुवाकोट किस्पाङ गाउँपालिका–१ नुजेत घर भएका ४५ वर्षीय ऋषमान घले, किसपाङ गाउँपालिका–१ घर भएका जित भन्ने ३५ वर्षीय मेख तामाङ रहेका छन् ।

 किसपाङ्ग गाउँपालिका–१ घर भएका चन्द्र भन्ने २० वर्षीय जेरि तामाङ र काठमाडौं महानगरपालिका ताहाचल बस्ने झापा अनारमनि–१ बिर्तामोड घर भएका पप्पु भन्ने ५३ वर्षीय अभय कुमार चौधरी रहेका छन् । 

यही माघ ११ गते उक्त सुन जस्तो देखिने १ किलो पहेलो धातु सक्कली सुन हो भन्दै उक्त रुपैयाँ ठगी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरुलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।  उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।  
 

प्रतिक्रिया दिनुहोस