चालू आवमा करिब १६ सय फर्मको अनुगमन, १७ वटाको कारोबार रोक्का - Aarthiknews
aarthiknews.com सोमबार, ३० भदौ २०७६   Monday, 16 September, 2019
 

चालू आवमा करिब १६ सय फर्मको अनुगमन, १७ वटाको कारोबार रोक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
Sunrise bank
चालू आवमा करिब १६ सय फर्मको अनुगमन, १७ वटाको कारोबार रोक्का
LBEF
NCH-IPS

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा चालू आर्थिक वर्ष जेठसम्म १५ सय ९५ व्यापारिक फर्मको अनुगमन गरेको छ । विभागले उपत्यकाभित्र मात्रै १ हजार ३ सय ४६ वटा फर्मको अनुगमन गरेको छ भने बाँकी २ सय ४९ व्यापारिक फर्म काठमाडौं उपत्यका बाहिराका रहेका छन् । । 

विभागले साउनमा २१३ वटा, भदौमा १९८, असोजमा ३३७, कात्तिकमा ८१, मंसिरमा २६३, पुसमा १९६, माघमा ५९, फागुनमा ३४ वटा चैतमा ८६, वैशाखमा ६८, जेठमा ५९ व्यापारिक फर्मको अनुगमन गरेको जनाएको छ । 


अनुगमनका क्रममा व्यापारी फर्ममा देखिएको कैफियतमा विभागले जरिवाना गर्दा ३५ लाख ३५ हजार रुपैयाँ राजस्व संकलन भएको छ । चालू आवमा सबैभन्दा बढी जरिवाना तिर्ने भद्रकाली आयल स्टोर रहेको छ । उसले दुई लाख रुपैयाँ जरिवाना बुझाएको छ ।  विभागका निर्देशक शोभाकर रेग्मीले दैनिक उपभोग्य वस्तुलगायत अन्य वस्तुमा  निरीक्षक टोलीसहित अनुगमन गरेको बताए । उनले भने–‘बजार अनुगमनका क्रममा निर्देशन र कारबाहीसमेत हुने गरेको छ । बजार अनुगमनका क्रममा दुग्ध तथा खानेपानी, माछामासु, वधशाला तथा पसल, औषधि पसल तथा स्वास्थ क्लिनिक, होटल, मिठाई तथा खाद्य, पेट्रोलियम पदार्थ, ग्यास, निर्माण सामग्री र यातायातलगायतका क्षेत्रमा अनुगमन  हुँदै आएको निर्देशक रेग्मीले जानकार दिए ।

 
बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने उपभोक्ताको चासो अबका दिनमा विशेष ध्यान दिने पक्षमा विभाग रहेको निर्देशक रेग्मीले बताए । बजार अनुगमनका क्रममा मूल्यसूची राख्न तथा अद्यवधिक गर्न निर्देशन दिएको संख्या १२६ रहेको छ । त्यस्तै साइनबोर्ड राख्न निर्देशन दिएको संख्या ५६, लेबल नभएका सामान बिक्री नगर्न निर्देशन दिएको ६०, व्यवसाय दर्ता प्रमाणपत्र पेस गर्न तथा नवीकरण गर्न निर्देशन  दिएको संख्या १३२ रहेको छ भने नापतौल प्रमाणपत्र पेस गर्न तथा नापतौलको उपकरण राख्न ६९, खाद्य अनुज्ञापत्र पेस गर्न निर्देशन १९ वटा, सरसफाई सुधार गर्न ६३ वटा व्यापारिक फर्मलाई निर्देशन दिएको छ भने भ्याट र प्यानको प्रमाण लिन र बिल बिजक लिन दिन १०२, म्याद नाघेका समान बिक्री बितरण नगर्न निर्देशन ८० वटालाई निदेृशन दिइएको छ । 
त्यस्तै व्यवसाय बन्द गरिएको १७, नमुना संकलन गरी परिक्षणको लागि ल्याइएको ३६, जिल्ला सरकारी कार्यालयमा मुद्दा प्रक्रियामा लागि पठाइएको ३, अन्य निर्देशन दिएको ८७, पुँजी वृद्धिको लागि निर्देशन दिएको १, कारोबार थप गर्न निर्देशन १, स्पष्टीकरण माग गरिएको १८, कारोबार रोक्का गरिएको ५, खाद्य र अखाद्य समान अलग राख्न निर्देशन ४६, र विभागमा उपस्थित भई कागजहरु पेस गर्न ८० वटालाई निर्देशन दिएको विभागले जनाएको छ ।    
 

प्रतिक्रिया दिनुहोस