नेप्से ५ अंकले बढेपनि कारोबार भने बढ्न सकेन - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

नेप्से ५ अंकले बढेपनि कारोबार भने बढ्न सकेन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
Sunrise bank
नेप्से ५ अंकले बढेपनि कारोबार भने बढ्न सकेन
LBEF
NCH-IPS

साताको अन्तिम कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५ दशमलव ९० अंकले बढेर १ हजार २ सय ६४ दशमलव ३६ को बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

यसदिन १ सय ७१ कम्पनीको १३ लाख ७५ हजार ५४१ कित्ता शेयर खरिदबिक्री भई ३७ करोड ५३ लाख १५ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । 

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक भने १ दशमलव ०८ अंकले बढेर २ सय ७१ दशलमव ६० अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

यस दिन सबैभन्दा बढी कारोबार शिवम सिमेन्टको भएको छ । जसको कारोबार ३ करोड १३ लाख ३६ हजार रुपैयाँ बराबरको भएको छ । 

यस दिन सर्वा्िधक कमाउनेमा गुुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको भएको छ । जसको शेयर मूल्यमा ९ दशमलव ८७ प्रतिशतले बढेको छ । 

साथै सर्वा्िधक गुमाउनेमा रिलायन्स फाइनान्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा ५ दशमलव २६ प्रतिशतले घटेको छ । 

यस दिन ११ वटा उपपरिसुचकहरुमा ८ वटा समूह बढेको छ भने ३ वटा समूह मात्र घटेका छन् । 
 

प्रतिक्रिया दिनुहोस