देवः विकास बैंकका आजसम्मका शेयरधनीले लाभांश पाउने - Aarthiknews
aarthiknews.com आइतबार, २९ मंसिर २०७६   Sunday, 15 December, 2019
 
Bajaj_Bike

देवः विकास बैंकका आजसम्मका शेयरधनीले लाभांश पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
Sunrise bank
देवः विकास बैंकका आजसम्मका शेयरधनीले लाभांश पाउने
LBEF
NCH-IPS

काठमाडौं । देवः विकास बैंकले शुक्रबार बुक क्लोज गर्ने भएको छ । बैंकले साधारण सभा प्रयोजनका लागि बुक क्लोज गर्न लागेको हो । बुक क्लोजको आधारमा बिहीबारसम्म कायम सदस्यहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
असार १२ गते वार्षिक साधारण सभा गर्न लागेका बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ५३ करोड ३६ लाख ८० हजारको आधारमा ५ दशमलव ५ प्रतिशत बोनस शेयर सम्बन्धी लाभांश प्रस्ताव गरेको छ । यस बैंकले वेष्टर्न डेभलपमेण्ट बैंकलाई प्राप्ती गर्ने तयारी गरेकाले यस सम्बन्धमा पनि स्वीकृति दिने प्रस्ताव आगामी साधारण सभाका लागि तय भएको छ । 
 

प्रतिक्रिया दिनुहोस