aarthiknews.com सोमबार, ०६ बैशाख २०७८   Monday, 19 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

महालक्ष्मीको 'महालक्ष्मी धनधान्य' पोलिसी सार्वजनिक, ६० करोडको आईपीओ ल्याउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ माघ २०७७
Reliance life insurance
महालक्ष्मीको 'महालक्ष्मी धनधान्य' पोलिसी सार्वजनिक, ६० करोडको आईपीओ ल्याउने
Jagadamba
LBEF

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोवार सञ्चालनको दुई बर्ष पुरा गरेको छ । कम्पनीले दोस्रो वार्षिक उत्सवको अवसर पारेर मंगलबारबाट बिक्री गर्ने गरी नँया मनि ब्याक बीमा योजना “ महालक्ष्मी धनधान्य”पोलिसि संञ्लनमा ल्याएको छ ।

आ.व. २०७६र७७को वासलात नाफानोक्सान हिसाब बीमा समितिबाट स्वीकृतीपछि ६०करोड रुपैयाँको शेयर सर्वसाधारणमा (आईपीओ) जारी गर्ने गरी प्रकृया शुरू गरेको जनाएको छ ।  नेपालको जीवन बीमा बजारमा सबैभन्दा कान्छो र उन्नाइसौ कम्पनीको रूपमा काम शुरू गर्दा नौ वटा पुराना स्थापित कम्पनी र नौ वटा नयाँ कम्पनीहरूसँग प्रतिस्पर्धा थिए । 

कम्पनीले २ बर्षको अवधिमा ६२ वटा शाखारउपशाखा स्थापना, १६१९० अभिकर्तालाई तालिम, नौ वटा प्रोडक्ट लञ्च, १६५ करोड रुपैयाँ बीमा शुल्क संकलन र २५६करोड लगानी गर्न सफल भएको छ ।

कम्पनीले आ।व २०७५÷७६को पोलिसि बोनस न्यूनतम ५० रुपैयाँ ल्याई नयाँ कम्पनीहरूमध्येमा उत्कृष्ट नतिजा ल्याउनु सफल भएको कम्पनीले दावी गरेको छ । नेपालमा बीमा कारोवार प्रतिको आमजनताको विश्वास वृद्धि गर्न कम्पनिले मितव्ययी तरिकाले ग्रामिण क्षेत्रमा बीमाको पहुच अझै विस्तार गर्ने योजनामा महालक्ष्मी लाइफ लागेको जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस