एक्विजिसन प्रस्ताव पारित गर्न इन्भेष्टमेन्ट बैंक र जेविल्स फाइनान्सको भोलि विशेष साधारण सभा - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

एक्विजिसन प्रस्ताव पारित गर्न इन्भेष्टमेन्ट बैंक र जेविल्स फाइनान्सको भोलि विशेष साधारण सभा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
Sunrise bank
एक्विजिसन प्रस्ताव पारित गर्न इन्भेष्टमेन्ट बैंक र जेविल्स फाइनान्सको भोलि विशेष साधारण सभा
LBEF
NCH-IPS

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले जेविल्स फाइनान्सलाई प्राप्ति (एक्विजिसन) गर्ने प्रस्ताव शुक्रबार पारित गर्दैछ । दुवै कम्पनीले शुक्रबार छुट्टाछुट्टै विशेष साधारण सभा आयोजना गरी प्राप्ति सम्बन्धी प्रस्ताव पारित गर्ने भएका छन् । 
जेविल्स फाइनान्सको १०० कित्ता शेयर बराबर नेपाल इन्भेष्टमेन्ट बैंकको ३३ कित्ता हुने गरी शेयर अनुपात कायम गर्ने सम्झौता भएको छ । 
जेविल्स फाइनान्सको चुक्तापूँजी ८४ करोड ८० लाख रहेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको रू. १२ अर्ब ५८ करोड ९९ लाख छ । दुबै कम्पनी एक जेविल्स फाइनान्स गाभिएपश्चात नेपाल इन्भेष्टमेन्ट बैंकको कुल चुक्तापुँजी  १३ अर्ब ४३ करोड ७९ लाख १३ हजार पुग्नेछ । 
 

प्रतिक्रिया दिनुहोस