मन्त्रिपरिषदको नियमित पत्रकार सम्मेलन आज नहुने - Aarthiknews
aarthiknews.com सोमबार, ३० भदौ २०७६   Monday, 16 September, 2019
 

मन्त्रिपरिषदको नियमित पत्रकार सम्मेलन आज नहुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
Sunrise bank
मन्त्रिपरिषदको नियमित पत्रकार सम्मेलन आज नहुने
LBEF
NCH-IPS

काठमाडौं । सरकारले एक हप्ता भरी गरेका निर्णय सुनाउन आयोजना गर्ने नियमित पत्रकार सम्मेलन आज (बिहीबार) नहुने भएको छ ।

यो हप्ता मन्त्रिपरिषदको कुनै बैठक नबसेका कारण सरकारले साप्ताहिक रुपमा गर्ने पत्रकार सम्मेलन स्थगित भएको सरकारका प्रवक्तासमेत रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए ।

बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमा नियमित पत्रकार सम्मेलन नहुने जानकारी गराउँदै लेखेका छन्, ‘गत साता मन्त्रिपरिषद बैठक नबसेकाले प्रत्येक बिहीबार हुँदै आएको पत्रकार सम्मेलन आज स्थगित भएको सबैमा जानकारी गराउँदछु ।’

सरकारका विषयमा उठेका प्रश्नको जवाफसहित सरकारले गरेका निर्णय सार्वजनिक गर्न र सञ्चारकर्मीले उठाएका सवालको उत्तर दिन प्रत्येक हप्ता बिहीबार सरकारले पत्रकार सम्मेलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस