aarthiknews.com सोमबार, ०६ बैशाख २०७८   Monday, 19 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

टुटल र पठाओ बन्द गर्न माग राख्दै ट्याक्सि व्यवसायीको विरोध

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • आइतबार, २५ माघ २०७७
Reliance life insurance
टुटल र पठाओ बन्द गर्न माग राख्दै ट्याक्सि व्यवसायीको  विरोध
Jagadamba
LBEF

काठमाडौं । काठमाडौं उपत्यकामा ट्याक्सी चालक तथा व्यवसायी फेरि आन्दोलित भएका छन् । टुटल पठाओजस्ता सेवा बन्द गर्नुपर्नेदेखि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने लगायत माग उनीहरुले राखेका छन् ।

नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको आयोजनामा शनिबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट र्यालीसहित माइतीघर मण्डलामा भेला भएर उनीहरुले माग पूरा गर्न सरकारलाई सचेत गराएका हुन् ।

ट्याक्सी चालक तथा व्यवसायीले निजी सवारीले भाडाका यात्रु बोक्नेगरी सञ्चालनमा रहेका टुटल पठाओजस्ता सेवा बन्द गर्न पनि माग गरेका छन् । 

प्रतिक्रिया दिनुहोस