aarthiknews.com आइतबार, ०२ जेठ २०७८   Sunday, 16 May, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

बेंसीशहर–चामे सडक खुला

  • रासस
    रासस
  • शुक्रबार, २३ माघ २०७७
Reliance life insurance
बेंसीशहर–चामे सडक खुला
फाइलः तस्विर
LBEF

लमजुङ । लमजुङ र मनाङ जिल्ला जोड्ने  बेंसीशहर चामे सडक  सञ्चालनमा आएको छ । सो सडक तीनदिनदेखि बन्द रहेको थियो ।  मस्र्याङ्दी गाउँपालिका–४ स्याँगेनिरको सडक ढलान गर्नलाई गत मङ्गलबार बिहानदेखि सडक बन्द गरिएको थियो ।  सो स्थानमा ढलान सम्पन्न भएसँगै सडक सञ्चालनमा आएको हो । 

डुमे्र–बेंसीशहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी सुरज महर्जनले आज बिहानदेखि सो सडक सञ्चालनमा आएको जानकारी  दिए  ।  उहाँले ६५ किलोमिटर  सडकमध्ये ३५ किमी  लमजुङतर्फ र ३० किमी  हिमाली जिल्ला मनाङमा पर्ने बताए ।

 हिमाली जिल्ला मनाङलाई सडक सञ्जालसँग जोड्ने सरकारको योजनाअनुरुप सडक डिभिजन कार्याल तनहुँले विसं २०५१ बाट सडक निर्माण थालनी गरेको थियो ।  विविध कारणले विसं २०५७ मा तत्कालीन नेपाली सेनाले निर्माणको जिम्मा लियो । सेनाले यस सडक विसं २०६९ मा निर्माण सम्पन्न गर्दै सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरेको थियो । सडक सञ्चालनमा आएयता वर्षेनी वर्खायाममा पटकपटक सवारी साधन अवरुद्ध हुँदै आएको छ । 

यस सडकमा मस्र्याङ्दी नदीमाथि ३०० देखि दुई हजार ६०० मिटरमाथि हुँदै सवारी साधन सञ्चालन हुन्छ । वर्षेनी सरकारले करोडौँ रकम खर्च गर्दै आए पनि सडक सुधार नहुँदा जोखिमपूर्ण यात्रा गर्न यात्रु बाध्य हुँदै आएका छन् । 

यस वर्षसमेत दर्जनौं पटक विभिन्न स्थानमा पहिलो जाँदा सडक अवरुद्ध हुन पुग्यो । यस खडकखण्ड अन्तर्गत  बेंसीशहर नगरपालिका–६ खरखरे भीर, बेलौती बिसौना–७ पुवाखोला, मस्र्याङ्दी गाउँपालिकास्थित रामबजार, घोप्टेभिर, स्यागे, च्याम्चेदेखि मनाङको नासों गाउँपालिकाको म्यार्दी, तालडाँडालगायतका स्थानमा बाढिपहिरोले क्षति पु¥याएको थियो । 

गत साउन ४ गते आएको बाढीपहिरोले यमध्ये बेलौती बिसौनामा रहेको स्याव कल्भल्र्ट, र पुवाखोलामा आएको बाढीपहिरोले पुवाखोालमा राखिएको कल्र्वे बगाउँदा करिब एक करोड रुपैयाँको क्षति भएको डुम्रे–बेंसीशहर–चामे सडक योजनाले जनाएको छ । योजनाका   अनुसार यस वर्ष आएको बाढीपहिराले सडकको सबै स्थानबा गरी करिब साढे एक करोड रुपैयाँ बराबरको क्षति पुगेको छ ।

सङ्घीय सरकारले यस वर्षसमेत सडक स्तरोन्तीको लागि रु २३ करोड ५८ लाख विनियोजन गरेको र सो रकमबाट आवश्यकअनुसार सडकको काम गर्दै आइरहेपनि सडकमा जोखिम भने कायम रहेको उक्त योजनाले जनाएको छ । 

योजनाका अनुसार यस सडकको चौडाइ तीनदेखि चार र कतै कतै सात मिटरको रहेपनि अधिकांश स्थानमा चार मिटरको चौडाइ  रहेको छ । साँघुरो सडक, वर्षेनी आउने पहिरोले जीर्ण बनाएको सडक, त्यही माथि भीरैभरले गर्दा यात्रा जोखिमपुर्ण रहेको यहाँका सञ्चालन गर्दै आएका सवारीका चालकको भनाइ छ ।

“हामीलाई समेत सवारी सञ्चालन गर्न डर छ, डराई डराई भएपनि यात्रु डराउने भएकाले केही हुँदैन भन्दै सवारी सञ्चालन गर्दै आएका छौँ ।”   सवारी चालक रामप्रसाद गुरुङले भने । उनले भने,“ यस सडकको यात्रा नसकिन्जेससम्म यात्रुहरु डराउने गर्दछन् । सडकको लागि सरकारले चासो देखाएपनि गुणस्तरीय सडक भने अझै बन्न सकेको छैन । ”

प्रतिक्रिया दिनुहोस