२४ घण्टा विदेशी च्यानल बन्द गरिने - Aarthiknews
aarthiknews.com सोमबार, ०६ असोज २०७६   Monday, 23 September, 2019
 

२४ घण्टा विदेशी च्यानल बन्द गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
Sunrise bank
२४ घण्टा विदेशी च्यानल बन्द गरिने
LBEF
NCH-IPS

सरकारले राष्ट्रिय सभामा दर्ता गराएको विज्ञापन विद्येयकमा राखिएको क्लिन फिडको प्रावधानमा आपत्ति जनाउँदै केबल टीभी व्यवसायीहरु आन्दोलित भएका छन् । 

केवल टीभी व्यवसायीहरुले क्लिन फिडको विरोधस्वरुप असार ९ र १० गते २४ घण्टा विदेशी च्यानल बन्द गर्ने घोषणा गरेका छन् । केवल टीभी व्यवसायीहरुले जारी गरेको विज्ञप्तिमा आगामी सोमबार १२ बजेदेखि मंगलबार १२ बजेसम्म विदेशी च्यानलहरु बन्द गर्ने घोषणा गरिएको छ ।

इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिका संयोजक दिनेश सुवेदी, इन्टरनेट सेवा प्रदायक एसेसियसनका अध्यक्ष भोजराज भट्ट, नेपाल केबुल टेलिभिजन महासंघका अध्यक्ष सुधीर पराजुली र डिस मिडिया नेटवर्क लिमिटेडका प्रबन्ध निर्देशक सुदीप आचार्यले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ। 

प्रतिक्रिया दिनुहोस