aarthiknews.com बुधबार, ०८ बैशाख २०७८   Wednesday, 21 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

एलआइसी नेपालको साधारण सभा फागुन २५ मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ माघ २०७७
Reliance life insurance
एलआइसी नेपालको साधारण सभा फागुन २५ मा
Jagadamba
LBEF

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड(एलआइसी)ले फागुन २५ गते १९ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको माघ २० गते बसेको सञ्चालक समितीको बैठकले काठमाडौंमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

कम्पनीले नेप्सेमा सार्वजनिक गरेको सुचनामा साधारण सभा सम्बन्धि विस्तृत जानकारी भने राष्ट्रिय दैनिक पत्रिकामा यथासिघ्र प्रकासित गर्ने जानकारी दिएको छ । 

सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब १ करोड रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । १० प्रतिशत बोनस शेयर वितरण पछि पूँजी रू. २ अर्ब २० करोड पुग्नेछ ।  
 

प्रतिक्रिया दिनुहोस