कसरी धरासयी भए विश्व चर्तित यी बहुराष्ट्रिय कम्पनीहरू ? - Aarthiknews
aarthiknews.com सोमबार, ३० भदौ २०७६   Monday, 16 September, 2019
 

कसरी धरासयी भए विश्व चर्तित यी बहुराष्ट्रिय कम्पनीहरू ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ बैशाख २०७६
Sunrise bank
कसरी धरासयी भए विश्व चर्तित यी बहुराष्ट्रिय कम्पनीहरू ?
LBEF
NCH-IPS

काठमाडौं । सफलता प्राप्त गर्न धेरै मेहनत गर्नुपर्छ । तर, त्यो सफलतालाई टिकाइ राख्न त्योभन्दा पनि धेरै मेहनत गर्नुपर्छ । प्राप्त उपलब्धिलाई रक्षा गर्दै अन्य कम्पनीसँग प्रतिस्पर्धा गर्दा सही समयमा सही निर्णय गर्न सकिएन भने आफ्नो साम्राज्य कसरी धरासयी हुन्छ भन्ने विश्व कयौं उदाहरण छन् ।

यसै सन्दर्भमा कुनै बेला विश्व बजारमा आफूलाई अब्बल कम्पनीका रूपमा स्थापित भएका तर, यति बेला संकटमा रहेका कम्पनीहरू कहाँ कति बेला चुक्दा आफ्नो व्यपारको साम्राज्य गुमाउन पुगे भन्ने विषयमा चर्चा गरिएको छ ।

कोडाक


सन् १९७७ मा कोडाक कम्पनीले संसारको पहिलो डिजिटल क्यामेरा बनाउन सफल भएको थियो । २१औं शताब्दीको सबैभन्दा ठूलो परिवर्तन भनेको प्रविधिको विकास हो । जसले सम्पूर्ण असर उद्योग असर पर्ने गरेको छ । प्रविधिको विकाससँग सम्बन्धित व्यापार तथा प्रविधिमा सिधा सम्बन्ध हुनाले आत्मासाथ गर्ने गर्छ भने कुनै कम्पनीले पहिलेदेखि चली आएको परम्परागतशैलीलाई नै पठाउने गर्छ ।

आफ्नो परम्परागत कार्यशैलीको कारण विश्वचर्चित तथा ठूला मानिएको कम्पनी डुबेको थुप्रै उदारण रहेको छ । त्यस्ता कम्पनीमध्ये एउटा चर्चित कम्पनी कोडाक।हो । सन् १९७७ मा कोडाक कम्पनीले संसारकै पहिलो डिजिटल क्यामेराको पेटेन्ट दर्ता गर्न गरेको थियो । यस डिजिटल क्यामेराले सय किलोबाइटको फोटोलाई सानो मेग्नेटिक क्यासेडले क्याप्चर गर्ने प्रविधिको विकास गरेको थियो ।

त्यसताका कोडाक कम्पनीले फोटोग्राफिक फिल्महरुको निकै राम्रो ब्यापार गरिरहेको थियो । डिजिटल क्यामेराको विकास गर्ने सफलता पनि यसको सम्भाव्यताको ख्याल नगरी पुरानै व्यापारलाई प्राथमिकतामा राखेको थियो भने डिजिटल क्यामेराको आइडिया ड्रप गर्यो । फिल्म उद्योग बिस्तारै डिजिटल प्रणालीमा ढल्किदै गएको राम्रोसँग महशुस हुँदाहुँदै पनि पुरानो व्यापारलाई निरन्तर दियो ।कोडाक व्यापारलाई बिस्तारै डिजिटलतर्फ मोड्न १० वर्षे योजना बनायो ।

सन् १९९६ मा कोडाकले पहिले एप्पल कम्पनीको नाममा एप्पलको क्विक टैकको उपभोक्ताको लागि डीसी २० र डीसी २५ नामक डिजिटल क्यामेराको बजारमा निकाले।यसबाट कम्पनीको मुख्य व्यापारमा खासै असर परेको देखिएन । त्यस बेलासम्म कोडाक व्यवस्थापनले आक्रामक मार्र्केिटङबाट कुल बजारलाई आफ्नो हातले लिन सक्ने निश्कर्ष निकालेको थियो ।

अर्को बहुराष्ट्रिय कम्पनीले सोनी डिजिटल क्यामेराहरु बजारमा ल्याएपछि भने बिस्तारै उपभोक्ताले नयाँ प्रविधितिर ढल्कियो । सन् २०११ सम्म आउँदा कम्पनीको फिल्म कमि आयो । त्यसपछि देनिल करेपको कोडाकले पनि आफ्नो डिजिटल क्यामेरा बजारमा निकाल्यो । जसमध्ये त्यो बेला महत्व परिवर्तन गर्यो जुन डिजिटल क्यामेराले अन्यमा डिभाइसमा जोड्न सकिन्थ्यो ।

सन् २००५ सम्म कोडाक को डिजिटल क्यामेराको बिक्री ४० प्रतिशतले वृद्धि गर्न सफल भयो । तर, उच्च प्रतिस्पर्धाले प्रोफिट मार्जिनमा कमि सन् २००१ मा ६० डलर घाटा पर्न थाल्यो । सन् १९९९ सम्म कम्पनी कुल मार्केट २७ प्रशिसत पकड रहेकोमा सन् २००३ सम्म आउँदा १५ प्रतिशतमा सीमित भयो । डिजिटल क्यामेराको खोज पहिले गरे पनि समय चिन्न नसक्दा कम्पनी ठूलो क्षति बेहोनुपर्यो । अहिले कम्पनी प्रत्येक वर्ष २ सय ११ मिलियन डलरको दर कम आएको छ । कोडाक कम्पनी बाट सिक्नुपर्ने शिक्षा व्यापारिक संसारमा अहिले पनि मार्केटमा समय तथा प्रविधिको फ्युचर ट्रेन्डमा ध्यान दिनुपर्छ । त्यस भएन भने ठूलो मूल्य चुकाउनु पर्छ ।

एकसाइट

सन् १९९९ मा याहु डटकमपछि एकसाइट डटकम नम्बर २ सर्च इन्जिन रहेको थियो । त्यसबेला अहिलेको नम्बर १ सर्च इन्जिन गुगलको हैसियत सानो ब्लग मात्र रहेको थियो । त्यो बेला गुगलको सीईओ लेरी पेजले गुगललाई ७ लाख ५० हजार डलरमा बिक्री गर्ने खोजेका थिए । ।यसले गर्दा एकसाइट आफ्नो सम्पूर्ण प्रविधिहरु गुगलको सर्च इन्जिनसँग परिवर्तन गर्न सकिन्थ्यो । तर, यो किन हुन सकेन भने कुरा अहिलेसम्म खुलेको छैन ।

कुल बजारको २ प्रतिशतभन्दा कम हिस्सा रहेको आक्स डटकम किनेको थियो । अहिले गुगलको अमेरिकामा मात्र कुल सर्च इन्जिन ६० प्रतिशत रहेको छ भने विश्वबजार त्योभन्दा बढी रहेको छ । अहिले गुगलसँग १ सय ३० बिलियन डलर कुल सम्पत्ति रहेको छ । जुन एकसाइट कम्पनी गुगललाई किनेको रकम भन्दा १ लाख ७३ हजार ३ सय ३३ गुणा बढी हो ।

ब्लक बस्टर

सन् ८० देखि ९० दशकतिर भीएसहरुको दबदबा रहेको थियो । त्यसपछिको समय भीएस टेपको फिल्म ९७ डलर पुगेपछि समस्या देखिएको थियो । त्यसपछि यसको परिपूर्तिको लागि फिल्म भाडामा दिने कम्पनी ब्लक बस्टर जस्ता कम्पनी देखा परे।ब्लक बस्टरको आगमनपछि राम्रो उपाय साबित भयो । जुन लाखौं मानिसमा बिदाको अभिन्न अंगको बन्न गयो । समय र प्रविधिको विकाससँग अनलाइन भिडियो प्रणालीजस्तो नेट फिलिक्स, रेट बक्स, पार्ट लकर, होली आदिले पुरानो भिडियो भाडामा दिने व्यापारलाई ध्वस्तै बनायो । सन् २००० मा नेट फिलिक्सले ब्लक बस्टरसंँग सहकार्यको योजनाको प्रस्ताव राखेको थियो ।

नेट फिलिक्सले ब्लक बस्टरलाई अनलाइन कपोनेन्ट बने र त्यसको ब्लक बस्टर इन स्टोर कपोनेन्ट होस्ट गर्न सक्ने प्रस्ताव राखेको थियो । जसमा उपोभोक्ता इमेलबाट आएको मागलाई पूर्ति गर्ने नेट फिलिक्सले प्रमुख विजनेस मोडल पनि रहेको थियो । नेट फिलिक्सका पूर्वकार्यकरी अधिकृत बेरी मकाफी ब्लक बस्टरका अधिकारीले उक्त प्रस्ताबलाई हाँसोमा उडाएका थिए ।

सन् २००७ सम्म पनि ब्लक बस्टर आफ्नो इन स्टोर कपोनेन्टको रुपमा नेट फिलिक्समा भएकाले पनि निकै राम्रो गर्दै थियो भने नेट फिलिक्स आफैं धर्मराएको अवस्थामा थिया । नेट फिलिक्सको व्यवस्थापनले ब्लक बस्टर प्रसिङिलाई नजर राख्दै कम्पनीलाई बिक्री गर्न पनि खोजेको थियो । निकै राम्रो प्रगति गर्दै गरेको ब्लक बस्टरले नेट फिलिक्सको प्रस्ताबलाई अस्वीकार गर्यो ।

वर्षको अन्त्यतिर सञ्चालक समितिले जेम्सलाई नयाँ कार्यकरी अधिकृतको रुपमा चुन्यो । उनले ब्लक बस्टर मनोरञ्जन अनलाइन स्त्रिमिङभन्दा रिटेल विजनेस हुनुपर्छ भन्ने मान्यताको साथ अगाडि बढाए । उनले जुन कम्पनीलाई ठूलो घाटा साबित भयो । उनले अनलाइन कपोनेन्ट मूल्यलाई बुझ्न सकेनन् । जसको कारण १८ महिनापछि कम्पनीको ८५ प्रतिशतले भ्यालु घट्यो । त्यसको तीन वर्षपछि कम्पनी टाट पल्टियो भने नेट फिलिक्स चम्कियो । नेट फिलिक्ससंँग अहिले संसारभर ८६ वटा सब्क्रिसन रहेको छ ।

नासा

सन् १९९९ मा नासाले पृथ्वीभन्दा बाहिरको वातावरणको मापन गर्ने १ सय २५ मिलियनको स्पेस सिप बनाएको थियो । नासाका इन्जिनियरहरुको एउटा सानो हिसाबको गल्तीका कारण नासाले १ सय २५ मिलियन स्पेस सिप गुमाउनु पर्यो । नासाको प्रतिवेदनमा त्यसको मुख्य समस्या अर्बितल थस्ट् मापन गर्ने सफ्टवेरहरुको तालमेल नमिलेको पत्ता लगाए ।

यस स्पेस सिपमा प्रयोग भएको एउटा सफ्टवेरले बललाई पाउण्ड ओफ फोसमा मापन गर्यो भने त्यसमा प्रयोग भएको अर्को सफ्टवेरले आएको डाटालाई मेट्रिक युनिडको न्यूटनमा मापन गर्यो । जसको कारण दुर्घटना भयो । यस स्पेस सिपको प्रमुख इन्जिनियर तथा निर्माता लकहिड मार्टिनलगायतका इन्जिनियरले फोर्सलाई पाउडमा गणना गरेका थिए भने सामान्यतया अन्तिक्षहरुमा न्युटन युनिटलाई लिइने गरिन्छ जसको कारण नासाका कर्मचारीले न्युटनमा गणना गरे ।

नोकिया

नोकिया
२१औं शताब्दीको सबैभन्दा ठूलो ब्रान्ड तथा २१औं शताब्दीको शुरुआतमा एक दशकसम्म एक छत्र राज गर्न सफल नोकिया कम्पनी हो । सन् २००७ सम्म नोकिया उचाईमा पुगेको बेला मोबाइल फोन बजारको कुल हिस्सामध्ये ५१ प्रतिशत ओगटेको थियो । अहिलेको समय पूरै फेरिएको छ । नोकिया कम्पनी खसेको बजारलाई सन् २०१० मा लिएको गलत निर्णयलाई मानिन्छ । त्यस बेला नोकियाको कार्यकरी अधिकृत एनसी बेजाकीले गुगल कम्पनीको सफ्छटवेर एन्ड्रोडलाई प्रयोग गर्न हिचकिचाएका थिए ।

त्यति बेला नोकियाले आफ्नै छुट्टै अपरेटिङ सफ्टवेर सिम्बियन प्रयोग गर्ने गर्थे । सन् २००७ मा एप्पलले आफ्नो आईफोन बजारमा ल्याएपछि नोकिया कम्पनीले खतरा महशुस गर्यो । त्यसपछि नोकिया सफ्टवेर डेभलपरलाई दुई भागमा विभाजन गर्यो । एउटा समूहलाई आफ्नो सिम्बुलै अझ प्रभावकारी बनाउन लागे भने अर्को समूह छुटै नयाँ अपरेटिङ सफ्टवेर निगो बनाउन लागे । यी दुई समूहले रिसर्चको लागि नगदमा हानथाप चल्या । यसले नोकियाभित्र ठूलो विकृति जन्मायो । बाहिरको स्टक होल्डङसंँग सहकार्य गर्न पनि दुई समूहको हानथापले कुनै प्रगति हुन सकेन ।

प्रविधिको जमानामा कहिले कसैलाई पनि कुर्न सकिँदैन जसको शिकार नोकिया बन्यो । नोकियाले गुगलको एन्ड्रोडलाई प्रयोग दीर्घकालीन समस्याको समाधान न भएको भन्दै प्रयोग गरेन । यदी त्यो बेलानै नोकियाले एन्ड्रोड प्रयोग गरेकोे भए आफ्नो सस्तो हार्डवेर प्रयोग गरेर निकै सस्तो मोबाइल निकालन सक्थ्यो । हालसालै फिन्लान्डको नोकिया कम्पनीले एचएमडी ग्लोबलसँंग विशेष करार गरेपछि बजारमा पुनः फर्किने सम्भवना प्रबल रहेको छ ।

जेरोक्स कम्पनी


जेरोस्कलाई प्रिटिङको दुनियाँ नाम नसुन्ने मानिस कमै हुन्छन् । जेरोस्क कम्पनीले पहिलोपटक २१औं शताब्दीको आधुनिक कम्पुटर बनाए पनि त्यसको मूल्य बुझ्न नसक्दा एप्पललाई हस्तान्तरण गरेको थियो । सन् १९७३ मा जेरोस्कको रिसर्च टिमले जेरोक्स एल्टो नामक ग्राफिकल युजर इन्टरफेस ९जीयुआई० सपोर्ट गर्ने आधुनिक प्रयोगात्मक कम्पुटर अफिस सिस्टम बनाएको थियो । जेरोक्स एल्टो नामक पहिलो डेस्कटप कम्पटर हो ।

जसलाई अहिलेको काममा प्रयोग गर्दै छौं । जेरोक्स एल्टोमा अहिलेको कम्पुटर जस्तै माउस, विन्डोस, फाइल मेनेजर, कपी तथा पेस्ट, डिलिट, मुभ फाइल आईकोन, मेनु, ग्राफिक हुनुको साथै लोकल एरिया नेटवर्क जसले सबै कम्पुटरसंँग जोड्न सक्ने विशेषता रहेको थियो । जेरोक एल्टो बनाउनु मुख्य उद्देश्य अफिस डेटालाई स्क्रिनमा अटाउने अर्थात् भविष्यको पेपर लेस अफिस बनाउने महत्वकाछीं योजना रहेको थियो ।

ग्राफिकल युजर इन्टरफेस ९जीयुआई० सपोर्ट आउनुभन्दा अगाडि कोमाडोरे पेट कम्युटरमा टेक्स फर्मेटमा निर्देशनको अनुसार चल्थ्यो । त्यसले गर्दा प्रयोगकर्ताले धरै किवर्डहरु याद गर्नुपर्ने हुन्थ्यो भने गलत कमान्डले कम्पुटरले इरर देखाउथ्यो । जेरोस्कले हजारौं जेरोक्स एल्टो बनाए पनि आफ्नै कम्पनी तथा केही युनिभर्सिटीहरुमा मात्र प्रयोग भएको थियो भने बाहिर बिक्री गरेको थिएन । यसको सम्भावना तथा भविष्यको बुभ्न जेरोक्सले सकेन । (विभिन्न समाचार एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस