
काठमाडौं । धितोपत्र बोर्डले 'स्टक डिलर' को काम छिट्टै सुरु गराउने भएको छ । बोर्डले सेयर बजारमा धितोपत्रको माग र आपूर्तिबीच सन्तुलन कायम गर्नका लागि स्टक डिलरको आवश्यकता औंल्याउँदै अनुमति दिने प्रक्रिया अघि बढाइसकेको छ ।
बोर्डले आगामी आथिक वर्ष २०७६/७७ का लागि धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्ने क्रममा बोर्ड अध्यक्ष डा. रेवतबहादुर कार्कीले स्टक डिलरको अनुमति दिने काम अघि बढेको जानकारी दिएका हुन् ।
बुक बिल्डिङ विधि प्रयोगमा ल्याउने योजनाअनुसार बोर्ड अघि बढेको उल्लेख गर्दै डा. कार्कीले भने, 'भेन्चर क्यापिटल, प्राइभेट इक्विटी लगायतका विशिष्टीकृत लगानीकोष सञ्चालन तथा नियमनका लागि कानुनी वातावरण तयार भएको छ ।'
आगामी दिनमा स्टक डिलरको काम गर्न इच्छुक संस्थालाई अनुमति दिने कार्य अघि बढाइने उनले बताए । कारोबार दैनिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस