aarthiknews.com शनिबार, ०४ साउन २०७६   Saturday, 20 July, 2019
 

बैंङ्किङ कसुर मुद्दामा कारागार चलान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०५ असार २०७६
Sunrise bank
बैंङ्किङ कसुर मुद्दामा कारागार चलान
NIBL-Capital-inside
LBEF

काठमाडौं । बैकिङ् कसुर मुद्दामा फरार हुँदै आएका काठमाडौँ तारकेश्वर नगरपालिका– ९ का प्रमोदकुमार खड्का कारागार चलान भएका छन् । 

खड्का विरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले उनलाई एक महिना कैद र  २३ लाख रुपैयाँ जरिवानाको फैसला वैशाख १६ गते गरेको थियो । त्यसवेलादेखि उनी फरार हुँदै आएका थिए । 

काठमाडौँको चक्रपथबाट उनलाई प्रहरीले मङ्गलबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो । अदालतको आदेशले कैद भुक्तानका लागि उनलाई कारागार कार्यालय जगन्नाथदेवल काठमाडौँ पठाइएकोे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइवी०का प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

खड्काले आर्थिक व्यवहार मिलाउने भन्दै जाहेरवाला प्रशान्त जैसवालसँग २३ लाख रुपैयाँ लिएकोमा नियतबस पैसा नभएको बैंकको चेक दिएपछि जाहेरी परेको थियो । 

प्रतिक्रिया दिनुहोस