aarthiknews.com शुक्रबार, २१ फागुन २०७७   Friday, 05 March, 2021
 
tater Group
Bajaj_Bike

‘यो वार्षिक उत्सवबाट ट्रम लाइफ पोलिसी जारी गर्दैछौं’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २० माघ २०७७
‘यो वार्षिक उत्सवबाट ट्रम लाइफ पोलिसी जारी गर्दैछौं’
Jagadamba
LBEF

बैकिङ क्षेत्रमा लामो अनुभव हासिल गरेका कविराज पाठक राष्ट्रिय बीमा संस्थानमा प्रशासक बनेको ३ वर्ष पुग्नै लाग्यो । कृषि विकास बैंकबाट अवकास पाएपछि उनलाई सरकारले बीमा संस्थानभित्र भएका अनगिन्ती बेतिथिलाई सुधार गर्न प्रशासकमा नियुक्त गरेको थियो । ३ वर्षको यो अवधिमा उनले संस्थानले गरेको ९ वर्षको व्यवसायको एक्चुरीमात्र गराएनन्, संस्थानलाई अटोमेशनमा लैजाने प्रक्रियादेखि नयाँ स्किल भएका कर्मचारी भर्ना र शाखा स्थापनासम्मका काम गरे । उनै प्रशासक पाठकसँग आर्थिकन्यूजले गरेको आर्थिक बहसः

बीमा संस्थानको अवस्था अहिले कस्तो छ ?  

सरसर्ती हेर्दा बीमा संस्थानको अवस्था आज पनि उस्तै छ भन्दा हुन्छ । किनकी मैले यो ३ वर्षको अवधिमा एउटा पनि साधारणसभा गराउन सकेको छैन । प्राविधक कठिनाइका कारण यस्तो भएको हो । यो अवस्थाबाट हेर्ने हो भने वित्तिय विवरणमा हामी हिजो जहाँ थियौं आज पनि त्यहि छौं । २०६६/६७ देखि हाम्रो एजिएम हुन सकेको छैन । २०६८/०६९ को वित्तिय विवरण २०७४ सालमा बीमा समितिमा पठाएका हो । त्यसको बिमाङ्कीय मूल्यांकन नभएको कारणले स्वीकृत भएको थिएन ।

२०६७ सालसम्मको एक्चुरी भ्यालुएशन (बिमाङ्कीय मूल्यांंकन) गरेर २०७५ साल माघमा बीमा समिति पठाएका थियौं । त्यसको स्वीकृति भर्खर गत पुसमा भएर आएको छ । यस पछि २०६८/०६९ को ब्यालेन्स सिट बनाएर बीमा समितिमा पठाएका छौं । यो स्वीकृत भएर आएपछि एजीएम गर्न बाटो खुल्नेछ ।  त्यसैमा समायोजन गर्ने हो गर्ने कि २०६९/७० मा गर्ने भन्ने प्रश्न उठेको छ । एक्चुरी भ्यालुयशन गरी सकेपछि दायित्वको काम आउँदो रहेछ । 

२०६७ सालसम्मको एक्चुरी भ्यालुएशन (बिमाङ्कीय मूल्यांंकन) गरेर २०७५ साल माघमा बीमा समिति पठाएका थियौं । त्यसको स्वीकृति भर्खर गत पुसमा भएर आएको छ । यस पछि २०६८/०६९ को ब्यालेन्स सिट बनाएर बीमा समितिमा पठाएका छौं । यो स्वीकृत भएर आएपछि एजीएम गर्न बाटो खुल्नेछ ।  त्यसैमा समायोजन गर्ने हो गर्ने कि २०६९/७० मा गर्ने भन्ने प्रश्न उठेको छ । एक्चुरी भ्यालुयशन गरी सकेपछि दायित्वको काम आउँदो रहेछ । 

२०७० सम्म वित्तीय विवरण २०७७ साउनमा बीमा समिति पठाइएको छ । यो स्वीकृति भएर आउन बाँकी छ । २०७२/७३ को वित्तीय विवरण बनाउने काम अन्तिम चरणमा पुगेको छ । एक्चुरी भ्यालुएशनको काम करिब ९ वर्षको सकियो, वित्तीय विवरण पछिल्लो सालको बनाउनलाई अघिल्लो सालको क्लोजिङ हुनुपर्छ । अनिमात्र अर्को सालको ओपन हुने हो । त्यो स्विकृत नभएसम्म हाम्रो ओपनिङ ब्यालेन्स हुने भएन त्यसले गर्दा पनि हामी पहिले जहाँ थियौं आज पनि त्यहि छौं भनेको हो । ब्यालेन्स सिट स्विकृत भएपछि मात्रै हाम्रो एजीएममा जान सक्ने योग्यता पुग्छ । बीमा समितिबाट स्वीकृत भएर आएको आवकोसम्म साधारणसभा गर्न सकिन्छ । यो प्रक्रिया टुंगिन अझै १ महिना जति लाग्छ ।

२०६५/६६ सम्म संस्थानको एजीएम भएको थियो । त्यसपछि हुन सकेको छैन । २०६९/७० सालसम्मको ब्यालेन्स सिट बीमा समितिमा छ । ९ वर्षको एक्चुरी भ्यालुएशन गराएकोमध्ये बीमा समितिमा पठाएको ६ वर्षको मात्रै हो । अर्को ३ वर्षको फाइनल रिपोर्ट आउन बाँकी छ । ड्राफ रिपोर्ट आएको छ । अर्को २ वर्षको भ्यालुएशन गर्नुपर्ने छ । त्यसपछि बीमा समितिले हरेक वर्षको गर्नुपर्छ भनेको छ । हामी अहिले २०७४÷७५ को एक्चुरी भ्यालुएशनको लागि तथ्यांक संकलन गर्ने क्रममा छौं । त्यो सकिएपछि वित्तीय विवरण बन्छ । अहिलेसम्मका सबै काम एक्कै पटक सकिने स्थिति छ । एउटा एक्चुरी भ्यालुएशन गर्न ७ महिना लाग्छ । हामीले यसमा केही गर्न सक्दैनौ । 

एजीएम नहुँदासम्म अहिले पनि बीमा संस्थान लथालिङ्गै जस्तो देखिएको छ । तर, हामीले आन्तरिक रुपमा भने काम गरिनै रहेका छांंै । म आउँदा १२ वर्षको एक्चुरी भ्यालुएशन हुन बाँकी थियो । अबको १ वर्षमा सबै एक्चुरी भ्यालुएशन सकिन्छ होला । 

त्यसो भए व्यवसाय विस्तार कुन रुपमा अघि बढिरहेको छ ?     

अहिलेसम्म हामीले २२ वटा शाखा विस्तार गरिसकेका छौं । पहिला हामीले काम गर्ने भनेको कि काठमाडौं कि विराटनगरबाट मात्रै हो । शाखाभन्दा पनि बीमामा अभिकर्ता पहिलो मानिन्छ । अभिकर्ताको संख्या गुणात्मक रुपमा वृद्धि गरिरहेका छौं । पहिला अभिकर्तालाई वर्षमा एउटा तालिम दिने गथ्यौं भने अहिले वर्षमै ६०/७० वटा तालिम दिन थालिसकेका छ ।

अहिले हामीले सबै काम नयाँ सफ्टवेयर मार्फत गरिरहेका छौं । पुरानो डाटा माइग्रेशन गर्न सकिरहेका छैनौ । यो काम सकिएपछि भने बीमा संस्थानले ठूलो फड्को मार्छ । यसपछि मात्र हामीले अनलाइन पेमेन्टका कुरामा जान सक्छौं । विस्तारै नयाँ प्रविधि अनुसार चल्दै गएका छ ।  एसएमएस, मोबाईल एपको विकास गरेका छौं । २०७६ सालदेखि हामी नयाँ सफ्टवेयरमा काम गर्न थालेका छौं । डसबेसमा रहेका विजनेशहरू इन्ट्री गर्ने काम भइरहेको छ ।  सुधार हुँदै छ । 

काम गर्न कतिको अप्ठ्यारो छ ? 

अप्ठ्याराहरु धेरै नै छन् । लामो समयदेखि संस्थानको विषयलाई लिएर प्रश्न उठिरहेको छ । महालेखा परीक्षकको कार्यालयले नै तपाईलाई कारबाही किन नगर्ने भनेर पत्र काटेको अवस्था हो । महालेखाले हामीलाई सिधै पत्र नलेखी अर्थ मन्त्रालयमा पठाउँछ अनि त्यहि कुरा अर्थले मलाई पत्र मार्फत भन्छ । मैले यसमा जवाफ पनि दिएको छु । म यहाँ आउँदा एक्चुरी भ्यालुएसन गर्न १२ वर्षको बाँकी थियो । मैले ९ वर्षको गराए । अब कारबाही मलाई गर्ने हो कि पुरानो नगर्नेलाई गर्ने हो ? तपाईहरू नै जान्नुस भनिदिन्छु ।

३ वर्षको कार्यकाल लिएर आएको मान्छेले नयाँ काम गर्न पाएको भए पो उल्लेख्य प्रगति  गरेको देखिन्थ्यो । पुरानो १२ वर्षको काम हेर्नु परेपछि यहाँ भन्दा अप्ठ्यारो अरु के हुन सक्छ ? यसमा पनि ठूलो समस्या भनेको एक्चुरी भ्यालुएसनमा थियो त्यो पनि मैले ९ वर्षको गराएइसकेको छु । अबको एक वर्ष भित्रमा बाँकी रहेको एक्चुरी भ्यालुएसनको काम पनि सम्पन्न गर्ने गरी लागिपरेका छौं । यसको कारणले नयाँ प्रोडक्ट लञ्च गर्न सकिरहेका छैनौं । पुराना धेरै काम पेन्डिङ भएकाले पनि हामीले नयाँ काम गर्न नसकेका हौं । धेरै कर्मचारी पुरानो काममा लागेका छन् ।


१२ वर्षसम्म गर्नु पर्ने काम नगरी लथालिङ छोड्नुको भित्री कारण के छ ? 

मूल कुरा भनेको क्षमता हो  र अर्को भनेको सरकारी जागिरे प्रवृत्ति हो । गरे पनि हुन्छ नगरे पनि हुन्छ भन्ने मान्यताले पनि कामहरू पेन्डिङ भएका होलान् । यहाँ कस्तो छ भने नयाँ कर्मचारी नियुक्ति गर्नै नदिने अनि पुरानाको क्षमता नै नहुने । अधिकांश कर्मचारी एकेडेमीमा कमजोर हुनुहुन्छ । नयाँ ल्यायो भने म भन्दा बाठो हुन्छ र ऊ माथि पुग्छ भनेर अरु मान्छे हाल्नै नदिने । शाखा खोल्यो भने सरुवा हुन्छ भन्ने मानसिकतामा काम भइरहेको थियो । अहिले ८० प्रतिशत नयाँ कर्मचारी छन् । म आएर कर्मचारी भर्ना गरेको हुँ । काम नगरेको भन्दा पनि काम गर्ने क्षमता र शिक्षा नभएको होला । शाखा खोल्यो भने खर्च बढ्छ र अभिकर्ताले कमिशन खान्छन् भन्ने सोचमा संस्था चलेको थियो । 

तपाई आउँदा रिकन्सुलेशन गर्नु पर्ने कति थियो ? 

अहिले त धेरै व्यवस्थापन भइसकेको छ । म आउँदा रिकन्सुलेशन हुन बाँकी रकम लगभग २६ अर्ब भन्दा माथि थियो । म आएदेखि अहिलेसम्म धेरै हिसाब मिलाइसकेका छु । छानबिन समिति बनाएर विस्तारै मिलाउँदै जाँदा अहिले एक करोड ७५ लाखमा झरेकौ छ । राष्ट्रिय बीमा संस्थान भन्ने वित्तिकै उता कम्पनी पनि भयो यता संस्थान पनि भयो । संस्थान र कम्पनीमा झुक्किएर पनि यो हिसाब गोलमाल भएको हो कि भन्ने अझै पनि लागेको छ । पैसा खाएको छैन ।

 भौचर नउठाउँदा समस्या आएको हो । सिष्टमबाटै म्यानेज गर्ने योजनामा हामी छौ । पहिला पैसा जम्मा गर्ने मान्छेले भौचर लिएर आएपछि मात्रै इन्ट्री हुन्थ्यो । अब हामी डिजिटलमा जाँदैछौ । पुरानो हिसाव नमिलेका कारणले हामी त्यहाँ पुग्न सकेका छैनौ । यो सकिएपछि हाम्रो कारोबार अटोमेशनमा जान्छ । 

प्रिमियम संकलनको अवस्था कस्तो छ ? 

टोटल प्रिमियत हेर्नु भयो भने माथि छ । तर, फस्र्ट प्रिमियम हेर्यो भने हामी धेरै तल छौं । किनभने हाम्रो भर्खर वेश बस्दैछ । करिब ३ अर्ब प्रिमियम राष्ट्र सेवकबाट आउँछ । यसरी हेर्दा करिब ५० प्रतिशत बिजनेश त त्यहाँबाट आयो । यसले प्रिमियमको हिसाबमा कम हुन्छ तर, संख्या हिसाबमा भने राम्रो कभरेज हुन्छ ।   

कति र कस्ता छन् पोलिसी ?  

अहिले हाम्रो १०/१२ वटा पोलिसि छन् । सबै भन्दा राम्रो गर्न सकेको भनेको जीवन सुरक्षा भन्ने पोलिसि हो । यो वार्षिक उत्सवबाट ट्रम लाइफ पोलिसी जारी गर्दैछौं । 

तपाई बीमा संस्थानमा योजनासहित नियुक्त हुनु भएको थियो । ती योजनाहरुमा कति काम गर्नु भयो ?  

मेरो योजना प्राय सबै फुलफिल भए । तर, अडिटको पार्ट र एजीएम चाहिँ गर्न सकिएन । ३ वर्ष सम्मको चाहिँ गर्न भ्याइन्छ कि भनेर अगाडि बढिरहेको छौं । म आउनु भन्दा अघि बीमा संस्थानमा वर्षमा एउटा तालिम हुन्थ्यो । म आएको वर्ष १४ वटा तालिम गर्यौ । यो हेर्दा त धेरै होइन तर, वर्षमा एउटा मात्र तालिम गराइरहेको अवस्थामा एक्कासी बढाएर १४ पुर्याउनु भनेको धेरै नै हो । प्राइभेटले प्रायः जसो दैनिक तालिम दिन्छन् तर, सरकारीले वर्षमा १४ वटा तालिम दिँदा पनि गर्वका साथ भन्नु पर्ने अवस्था छ । अहिले हामीले वर्षमा ७० वटासम्म तालिम दिइरहेका छौं । यो वर्षदेखि मात्रै हामीले सबै शाखाहरूलाई यति अभिकर्ता बनाउनु पर्छ र यति प्रिमियम संकलन गर्नु पर्छ भनेर लक्ष्य तोकेका छौं । यो बीमा संस्थानको इतिहासमा पहिलो पटक तोकिएको लक्ष्य हो । 

आफ्नो कामको समीक्षा कसरी गर्नु हुन्छ ? 

बीमा संस्थानमा गञ्जागोल छ भनेर थाहा हुँदा हुँदै पनि म यहाँ नियुक्त भएको हुँ । यो सबैको व्यवस्थापन त गरिहालिन्छ नि भन्ने थियो । म बैंकबाट आएको हुनाले बैंक कै जसरी बुझेको थिए । तर, बीमाको काम फरक रहेछ । यहाँ १२ वर्षदेखि अडिट गराउन बाँकी रहेको थियो । र, पनि म काम गर्छु भन्ने नै थियो । यहाँ त एउटा भ्यालुएशन गर्न ७ महिना लाग्छ भन्ने त थाहा नै थिएन । त्यहि ७ महिनाको हिसाब गर्ने हो भने पनि ६३ महिना लाग्ने भयो त्यो पनि भ्यालुएशन गर्नलाई मात्रै । यसरी हेर्दा मैले जे सोचेर आएको थिए त्यहि अनुसार काम गर्न नसकेको भन्ने लाग्छ । 

पहिला वेश भइदिएको भए अहिले हामी बिजनेशमा अगाडि बढ्थ्यो । तर, अहिले हामी बल्ल वेश बनाउँदैछौं । हामी अझै पनि सबै जिल्लामा पुग्न सकिरहेका छैनौं । यहाँ कस्तो मानसिकता बसेको रहेछ भने एजेन्टलाई तालिम दियो भने कमिशन लान्छ धेरै खर्च हुन्छ नि भन्छन् । एजेन्टले त व्यवसाय ल्याएपछि ७५ यहाँ छोडेर २५ त कमिशन लान्छ नि । अर्को वर्ष १५ मात्र लैजान्छ । उसले कमिशन लगेको त उसैले व्यवसाय बढाएर हो नि । तर, यहाँ त्यस्तो मानसिकता रहेनछ । अहिले चाहिँ बल्ल व्यवसायका लागि मेन कुरा भनेको एजेन्ट रहेको है भनेर बुझ्दैछन् ।  

अहिले बीमा संस्थानको पुँजी कति छ ?

म आउँने वित्तिकै पुँजी वृद्धि गर्न संस्थानको ऐन संसोधन गराउन प्रस्ताव गरे । बीमा ऐन संसदमा छलफलमा छ त्यो ऐन पारित हुने वितिकै तपाईहरुको ऐन खारेज हुन्छ भनेर अर्थ मन्त्रालयले भन्यो । यो ऐन संसोधन गर्नु पर्दैन ६ महिना कुर्दा हुन्छ भनेर अर्थले भनेपनि केही बोल्न कुरा पनि भएन । तर, ३ वर्षसम्म ऐन पास भएन । त्यसले गर्दा हामीले पुँजी वुद्धि गर्न सकेनाँै । २ अर्ब पुर्याउनु पर्ने भए पनि हाम्रो अहिले ५० करोड मात्रै पुँजी छ ।  

यसमा बीमा समितिले केहि प्रश्न गरेको छैन ? 

म आउँने वित्तिकै पनि बीमा समितिसँग छलफल भएको थियो । त्यतिबेला बीमा ऐन संसोधन भए पछि २ अर्ब पुँजी पुर्याएर जाने भन्ने छलफल भयो । हामीलाई के सजिलो छ भने, हाम्रो प्रमोटर तीन वटामात्रै छन् । नेपाल सरकार, नेपाल बैंक र राष्ट्र बैंक । हामीले क्यापिटल प्लान बनाएर दिइसकेका छौं र उनीहरु सबैले कमिटमेन्ट दिइसकेका छन् । हाम्रो आवश्यकता अनुसार पुँजी थप्दै लैजाने हो भने हामीलाई पुगि जान्थ्यो । बीमा ऐन त्यतिकै रह्यो र हामीले पुँजी बृद्धि गर्न पनि सकेनौं । पुँजी वृद्धि नगर्दा हामीलाई सल्भेन्सी रेसियो मिल्दैन । त्यसले गर्दा पनि हामीले पुँजी बृद्धि गर्नु पर्ने नै बाध्यता छ । यसको निकास कसरी निकाल्ने हो भनि छलफलमा छौं । 


त्यसो भए अहिले ब्यालेन्स सिटको साइज यति छ भन्न सक्ने अवस्था छ कि छैन त ? 

हाम्रो ब्यालेन्ससिटमा साइज बढेको देखिएको छ । हामी राम्रो पँजी भएको संस्था हौं । हामीलाई आर्थिक समस्या पनि छैन । किनभने हाम्रो शेयर पनि सुरक्षित नै छ । हामीले हालेको नागरिक लगानी कोषको राइट शेयरको बोनश आयो भने हाम्रो शेयर एक करोड कित्ता भन्दा बढी हुन्छ । बजारमा यसको मूल्य अहिले चार हजार भन्दा माथि छ ।

त्यो शेयर प्रमोटर भएको हुनाले मूल्य २ हजार होला । नत्र, थोरैमा १५ सय सम्म होला । हाम्रो जलविद्युत लगानी तथा विकास कम्पनी, अप्पर तामाकोशी, अरु ठूलो ठूलो बैंकहरुका पनि शेयर छ । हामीले एक सयमा किनेको शेयर अहिले नहुँदा पनि हजार भन्दा माथि पुगेको छ । यी सबैको पुनरमूल्याकन गर्ने वित्तिकै हाम्रो स्ट्रेन्थ कम देखिदैन । हामीले किनेको शेयरको बुक भ्यालुले अहिले एक सय होला । कम्पनीका पुराना काम कै कारणले शेयर बेच्न सकिरहेका छैनौं । 

त्यो भए अहिले बीमा व्यवसाय कति हो त ? 

म आउनु भन्दा अघि १४ अर्ब थियो । अहिले ३० अर्ब भन्दा माथि लाइफ फण्ड छ । अहिले हामी शेयर बेच्न र लाइफ फण्ड बढाउन लागि परेका छौं । असार भित्र ३५÷४० अर्ब पुर्याउने लक्ष्य लिएका छौं । १२ वर्ष देखि एजीएम गराउन नसकेकोले पनि पुँजी बढाउन नसकिएको हो । अब हामी अर्थ मन्त्रालयसँग छmफल गरेर पुँजी बृद्धि गर्न योजनामा छौं । 

तपाईहरुको जग्गाको विवाद पनि थियो । त्यो सुल्झाइ सक्नु भयो की बाँकी छ ? 

जग्गाको विषय मन्त्रीपरिषद्मा प्रस्ताव जाने क्रममा छ । यो काम भयो भने हाम्रो ठूलो उपलब्धि हुनेछ । ४६ वर्षपछि जग्गा आफ्नो नाममा आउँदै छ । 

प्रतिक्रिया दिनुहोस