aarthiknews.com सोमबार, ०६ बैशाख २०७८   Monday, 19 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

बीमा समितिको अध्यक्षमा पूर्व सचिव सिलवाल नियुक्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ माघ २०७७
Reliance life insurance
बीमा समितिको अध्यक्षमा पूर्व सचिव सिलवाल नियुक्त
Jagadamba
LBEF

काठमाडौं । सरकारले लामो समयदेखि खालि रहेको बीमा समितिको अध्यक्षमा पूर्व सचिव सूर्यप्रसाद सिलवाल नियुक्त भएको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैंठकले सिलवाललाई समितिको अध्यक्षमा नियुक्त गरेको हो ।  चिरञ्जीवी चापागाँईको ४ वर्षे सेवा अवधि सकिएर पनि एक महिना खालि रहेको समितिको अध्यक्ष पदमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सिफारिसमा सिलवाललाई मन्त्रीपरिषदले नियुक्त गरेको छ । 

समितिको अध्यक्ष बन्नका  लागि नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, कर्मचारी सञ्चय कोषका पूर्व प्रशासक तथा चाटर्ड एकाउन्टेन्ट तथा आईक्यानका अध्यक्ष कृष्ण प्रसाद आचार्य तथा कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला दौडधूपमा रहेका थिए । यसभन्दा पहिलाको सरकारले अन्तिम निर्णयबाट बाहिरिएका पोखरा विश्वविद्यालयका सहप्राध्यापक डा.रविन्द्र घिमिरे पनि बीमा समितिको अध्यक्ष पदका आकांक्षि थिए । 

नेपाल पुनर्बीमा कम्पनीका निवर्तमान अध्यक्ष महेश गुरागाईँ, राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेल र चाटर्ड एकाउन्टेन्ट तथा आईक्यानका पूर्व अध्यक्ष टंक पनेरु पनि बीमा समितिको अध्यक्ष बन्ने दौडधूपमा गरिरहेका थिए । तर, सरकारले २०७० चैत्र २८ देखि ०७२ मंसिर ६सम्म उनी गृह सचिव रहेका सिलवाललाई अध्यक्षमा नियुक्त गरेको छ ।  

प्रतिक्रिया दिनुहोस