aarthiknews.com सोमबार, ०६ बैशाख २०७८   Monday, 19 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ माघ २०७७
Reliance life insurance
विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जनाको मृत्यु
Jagadamba
LBEF

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित सडकमा बा.०१०.०२ प ३८७० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री काभ्रे देउपुर-४ बस्ने ३८ वर्षीय नारायण प्रसाद ढकालको आइतबार राति मृत्यु भएको  छ । दुर्घटनामा गम्भीर घाईते भएका उनको ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कैलाली, धनगढी उपमहानगरपालिका-२ स्थित सडकमा से।६ प ४४७९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही उपमहानगरपालिका-३ बस्ने ५९ वर्षीया फुलकेशरी चौधरीको आइतबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-६ मटेयारीस्थित सडकमा सु.प.प्र.०१००९ प ९१७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका बस्ने १८ वर्षीय रोहित रानाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भईरहेको छ । 

धादिङ, थाक्रे गाउँपालिका–२ कोइराले स्थित सडकमा बिग्रिएर रोकी राखेको ना।६ ख ६४६५ नम्बरको ट्रकमा लु.२ ख २७० नम्बरको ट्रक सोमबार बिहान ठक्कर खाई दुर्घटना हुँदा लु.२ ख २७० नम्बरको ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेका २ जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका लु.२ ख २७० नम्बरको ट्रक चालक नवलपरासी सुनौल नगरपालिका-६ बस्ने ३७ वर्षीय लिला राम अधिकारी र बारा पटरिया बस्ने ५५ वर्षीय कमल साहलाई उपचारको लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको छ । 

यसैगरी धादिङ, बेनिघाट रोराङ गाउँपालिका७ चरौदीस्थित सडकमा ना।३ ख ६७५ नम्बरको कन्टेनर र एनएल०१एल४८५६ नम्बरको ईण्डियन ग्याँस बुलेट आइतबार राति एकआपसमा ठक्कर खाँदा ग्याँस बुलेट चालक हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुषको मृत्यु भएको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायीक हस्पिटल मलेखु हुँदै ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै सवारी साधन र कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाँचथर, याङवरक गाउँपालिका–१ एकतारे भन्ने स्थानमा मे.१ त ५९१७ नम्बरको ट्याक्टर  आइतबार राति सडकबाट करिब ५० मिटर तल खसेर  दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २० वर्षीय राम बहादुर वराइलीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल फिदिम पाँचथरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका घनेन्द्र राईलाई उपचारको लागि बीएमसी अस्पताल झापा पठाइएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।  

काभ्रे, नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित सडकमा ज.१ ज २३३ नम्बरको टाटा सुमोले प्रदेश ३.०२००१ प ९७४५ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिई सडकबाट करिब १ सय ५० मिटर तल खस्दा सुमोका चालक धनुषा घर भएका ३४ वर्षीय लेख बहादुर शिन्जाली मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका १ जनाको  सोही अस्पताल अन्य १ जनालाई थप उपचारको लागि ओम अस्पताल चावहिल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस