विदेशी विनिमय सञ्चिति साढे १० खर्ब - Aarthiknews
aarthiknews.com सोमबार, ३० भदौ २०७६   Monday, 16 September, 2019
 

विदेशी विनिमय सञ्चिति साढे १० खर्ब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ असार २०७६
Sunrise bank
विदेशी विनिमय सञ्चिति साढे १० खर्ब
LBEF
NCH-IPS

काठमाडौं ।  चालू आर्थिक वर्षको १० महिनासम्म कुल विदेशी विनिमय सञ्चिति १० खर्ब ६० अर्ब ७० करोड रुपैयाँ रहेको छ । २०७५ असार मसान्तमा ११ खर्ब २ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रुपैयाँ रहेकोमा २०७६ वैशाख मसान्तमा ९ अर्ब ४२ करोड  रुपैयाँ रहेको छ। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७५ असार मसान्तमा ९ खर्ब ८९ अर्ब ४० करोड रुपियाँ थियो भने २०७६ वैशाख मसान्तमा ९ खर्ब १५ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।

बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा १ खर्ब १३ अर्ब १९ करोड रुपैयाँ रहेकोमा २०७६ वैशाख मसान्तमा १ खर्ब ४५ अर्ब ३१ करोड रुपैयाँ देखिन्छ  । २०७६ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशलमव ६ प्रतिशत रहेको छ।

प्रतिक्रिया दिनुहोस