aarthiknews.com शुक्रबार, २१ फागुन २०७७   Friday, 05 March, 2021
 
tater Group
Bajaj_Bike
निम्बस ग्रूप

डेढ वर्षमा दुई वटै कम्पनीको आईपीओ ल्याइसक्ने योजना छ’

  • मेनुका कार्की
    मेनुका कार्की
  • आइतबार, १८ माघ २०७७
डेढ वर्षमा दुई वटै कम्पनीको आईपीओ ल्याइसक्ने योजना छ’
Jagadamba
LBEF

काठमाडौं । इन्जिनियर पढेको मान्छे । आफ्नो कामको मालिक आफै बन्छु भन्ने उच्च अभिलाश बोकेको नवयुवक । जागिर गर्न उनलाई उनको स्वभावले नै दिएन । र कहिले जागिर गर्न चाहेन पनि । ‘सानो–तिनो खर्च गर्दा धेरै सोच्नु नपरोस् र आफ्नो टाइमको ओनरसीप आफैमाथि हुनपर्छ भन्ने सोचका साथ बिजनेशमा हात हालेका थिए, निम्बस होल्डिङ्सका प्रवन्ध निर्देशक आनन्द बगरियाले ।  

जति बेला उनले निम्बस शुरु गरे त्यति बेला उनीसँग नेपालमा काम गर्नको लागि अन्य कुनै च्वाइस थिएन । विजनेश गर्ने सोच र जाँगर मात्रै थियो । त्यहि दौरानमा उनले हेटौडा औद्योगिक क्षेत्रमा बुबाको भतिजाहरूसँग मिलेर स्वीफ्ट भन्ने बलपेन फ्याक्ट्री स्थापना गरे । ४/५ वर्षसम्म फ्याक्ट्री चलाए । नोक्सानमात्रै भयो । भनै पर्दा यो व्यवसायमा उनी एक हिसावले असफल भए । तर, हार भने खाएनन् ।  

यसमा जम्न नसेकपछि उनले भारतबाट कन्फेक्सनरी, बिस्कुटलगयातका वस्तु झिकाएर ट्रेडिङ गर्न थाले ।  दुई तिन पटक बिजनेशमा असफल भइसकेकाले उनको मनमा डर पनि पलाएको थियो । ‘आफूले गरेको काममा सफलता हासिल गर्न नसकेपछि दुःख लाग्दो रहेछ,’ उनले भने ‘यसबाट मैले ठूलो पाठ सिके ।’ म त्यति बेला के गरौ कसो गरौं भन्ने अन्योलमा थिए ।’ 

यहि नै बेला उनलाई उनको बुबाको साथीले एनिमल फिल्डमा सब्लिमेन्टको काम गरौं भनेर सल्लाह दिनु भएको हो र सोही अनुसार बगरियाले एनिमल फिल्डमा काम शुरु गरेका हुन् ।  

१९९८/९९ तिरको कुरा हो । पोल्ट्री इनजाइमको काममा उनका बुबा र बुबाका साथीहरू जानकार हुनुहुन्थ्यो । ‘बुबाका साथीहरूले उनलाई तिमी आयात गर हामी बिक्री गर्दिन्छौ भनेपछि एक प्रकारको टिम बन्यो, र मैले ढुक्क भएर काम शुरु गरे, बगरियाले भने । तर, उहाँहरूबाट सोचेको जस्तो सपोर्ट भने उनले पाएनन् । 

एक हिसावले फसिए जस्तो लागेको थियो, उनलाई त्यति बेला । २० लाख जति लगानी भइसकेको थियो । बैंकमा लोन थियो । लोन तिर्नको लागि पैसा त कमाउनु नै पर्यो । पोल्ट्री बजार बुझ्दै जाँदा वार्षिक १२/१३ सय करोडको व्यापार रहेछ । यस पछि उनमा हिम्मत आयो । 

एक हिसावले फसिए जस्तो लागेको थियो, उनलाई त्यति बेला । २० लाख जति लगानी भइसकेको थियो । बैंकमा लोन थियो । लोन तिर्नको लागि पैसा त कमाउनु नै पर्यो । पोल्ट्री बजार बुझ्दै जाँदा वार्षिक १२/१३ सय करोडको व्यापार रहेछ । यस पछि उनमा हिम्मत आयो । 

काम गर्दै जाँदा यो क्षेत्र एकदमै प्राविधिक र यस क्षेत्रमा हुने व्यापारका विषयमा धेरैलाई थाहा नै नभएको उनले औल्याए । बजार बुझ्दै गर्दासानो तिनो पुँजीले नपुग्ने उनले देखे ।  पुँजी ठूलो चाहिँदो रहेछ भन्ने बुझेपछि उनले लगानी बढाउनुभन्दा मोडन टेक्नोलोजीबाट काम गर्ने सोच अगाडि बढाए । 

बुबा आफै बिजनेश म्यान भएकाले उनलाई पारिवारिक सपोर्ट त मिल्यो नै, बुबाका साथीहरूबाट समेत उनले ठूलो सहयोग र सदभाव पाए । यसले उनलाई व्यवसाय बुझ्न सहज पनि भयो । गुणचन्द्र विष्ट, चन्द्रमान श्रेष्ठ, देवेन्द्र श्रेष्ठ, उपेन्द्र रिजालजस्ता व्यवसायीबाट पनि उनले कुशल व्यवसाय गर्ने अवसर पाए । उनीहरू सबै फिडका व्यापारी थिए ।

उनीहरूले निम्बसले उत्पादन गरेको फिडमात्र किनिदिएनन् व्यवसाय गर्ने तरिका र प्रक्रिया पनि सिकाइ दिए । त्यसपछि उनले फिड सब्लिमेन्टको काम निरन्तर गर्दै आएका हुन् । सय टनबाट शुरु भएको निम्बसका फिड उत्पादन अहिले दैनिक साढे ६  सय टन पुगेको छ । तीन वटा प्लान्ट जडान गरिसकिएको छ । हाल नेपाली बजारमा दैनिक २५ सय टन फिडको माग छ । 

बगरियाले बिजनेश शुरु गरेको सन् २००० मा हो । इन्डो नेपालबीच  व्यापार सम्झौता भइसकेको थियो । त्यसपछि उनले भारतमा दानाको सब्लिमेन्ट निर्यात गर्न शुरु गरे । निर्यात गर्ने क्रममा भारतको एउटा ठूलो कम्पनी सुगुनासँग उनको टाइअप भयो । 
सुगुनासँग मिलेर बगरियाले काम गर्दै गए । नजानेको काममा सपोर्ट गर्ने पाएपछि आँट बढ्दो रहेछ,’ उनले थपे ‘सुगुनाको प्राविधिक विज्ञ लिएर ज्वाइन्ट भेन्चर (आधा÷आधा) लगानीमा विरगञ्जमा फिड उत्पादन शुरु गर्यौ ।’ 

सुगुनाको भारतको तमिलानाडूमा ठूलो फिडमिल थियो । फिड निर्यातकै क्रममा उनलाई सुगुनाको फिड फ्याक्ट्री अवलोकन गर्ने अवसर मिलेको हो । त्यहाँ नयाँ प्रविधि थियो । त्यहि प्रविधि नेपालमा पनि जडान गरिएको हो । २००८ मा सुगुना र निम्बसको पार्टनरशीप छुट्एियो । केही समय त उनलाई गाह्रो भयो ।

तर, निम्बस अहिले स्थापित बनिसकेको छ र अब निम्बसलाई कसैले चिनाउनु पर्दैन । कृषिका क्षेत्रमा सबैभन्दा पहिला निम्बस कै नाम आउँछ । उनले सोचेकोभन्दा राम्रो विजनेश गरिरहेका छन् । उनको मेहनत र इमान्दारितले कम्पनी यो हाइटमा पुगेको हो । अहिले एनिमल फिडमामात्रै नभएर फूड प्रोशेसिङमा पनि निम्बस जोडिन थालिसकेको छ । 

तर, निम्बस अहिले स्थापित बनिसकेको छ र अब निम्बसलाई कसैले चिनाउनु पर्दैन । कृषिका क्षेत्रमा सबैभन्दा पहिला निम्बस कै नाम आउँछ । उनले सोचेकोभन्दा राम्रो विजनेश गरिरहेका छन् । उनको मेहनत र इमान्दारितले कम्पनी यो हाइटमा पुगेको हो । अहिले एनिमल फिडमामात्रै नभएर फूड प्रोशेसिङमा पनि निम्बस जोडिन थालिसकेको छ । 

निम्बसको नाम सोचिएर राखिएको होइन,’ बगरियाले भने ‘म कलेज पढ्दा इण्डियामा एकदम नाम चलेको निम्बस मार्केटिङ भन्ने कम्पनी थियो ।’ शूरुमा उनले काम गर्दाका साथी अर्थात पार्टनर सञ्जय अग्रवालले बगरियालाई कम्पनीको नाम ‘न’बाट राख्ने सल्लाह दिएका हुन् । उनै अग्रवालको सल्लाह अनुसार बगरियाले कम्पनीको नाम ‘न’ बाट निम्बस राखिएको हो । तर सञ्जयसँगको पार्टनरशीप  १९९८/९८ मा नै छुट्टिसकेको थियो ।  ‘उहाँ अहिले पनि मेरो असलमित्र हुुनुहुन्छ,’ उनले सम्झिए । 

फिड क्षेत्रमा लगानी जुटाउन सहज थिएन । बगरियाको बुबा बिजनेश म्यान भएपनि उनी आफैले भने विजनेश सफल बनाइसकेका थिएनन् । जति बेला उनले निम्बस शुरु गरे त्यति बेला उनीसँग खासै पैसा पनि थिएन । तर, बुबाकोे श्रीसम्पत्ति र गुडविल दुबै थियो । त्यहि आधारमा उनलाई बैंकले कर्जा पत्याएको हो । 

‘बुबाले त्यतिबेला स्टार वियर चलाउनु हुन्थ्यो र उहाँको साथीहरू पनि हुुनुहुन्थ्यो,’ बगरियाले भने ‘उहाँहरूले नै लगानी गरिदिनु भएको हो ।’ त्यति बेला बगरियाको भागको पैसा पनि बुबा र बुबाको साथीहरूले लगाइदिएका हुन् । स्थापित विजनेश म्यान भएकाले त्यति बेला बैंकले मलाई हेरेर नभइ बुबा र बुबाको साथीहरूलाई हेरेर लोन दिएको उनले बताए । 

शुरुमा लागनी गर्दा नै उनले कमाइ भएदिने नभए त्यो पनि दिन सक्दिन भन्दै यो व्यवसाय शुरु गरेका हुन् । ‘उहाँहरूको विरगञ्जमा जग्गा थियो, त्यहि उद्योग स्थापना गरिएको हो । बुबाको ट्याकरेकर्डले सबै थोक मिल्दै गयो ।’ 

विजनेश स्टाटअप गर्नको लागि आईडिया र पुँजी दुबै उत्तिकै आवश्यक हुने उनको अनुभव छ । कम्पनीले राम्रो ग्रोथ पनि गर्दै गयो । निम्बसलाई यो स्थानमा पुर्याउन उहाँहरू सबैको उत्तिकै साथ र सहयोग भएको छ ।  बगरियाले पनि लोन लिएर नै काम गरेका हुन् । केही वर्ष गाह्रो भएपनि हिजोको भन्दा नसोचेको विजनेश गरेका छन् उनले । यति विजनेश गर्छु भनेर उनले कहिले सोचेका पनि थिएनन् । 

किसानहरूलाई कसरी प्रवद्र्धन र सहयोग गर्न सकिन्छ त्यो गर्नेतर्फ उनको ध्यान केन्द्रीत भइरह्यो । किसानको उत्पादनलाई भ्यालू एड अठोटका साथ निम्बसले दाल तथा तेलमिल पनि सञ्चालनमा ल्याएको हो । फूड विजनेश निम्बसको पछिल्लो संस्करण हो । यो शुरु गरेको ३ वर्ष मात्र भएको छ । 

अहिले निम्बस गू्रपअन्तर्गतको सबै कम्पनी ठूला कम्पनी बनिसकेका छन् । कम्पनीले गरेको सफलतासँगै किसानहरूलाई कहिले उनीहरूको कर्मबाट विस्थापित नगर्ने रणनीति उनले बनाए । बरु किसानसँग मिलेर उनीहरूसँग सब्लिमेन्टको रुपमा काम गर्ने उनको सोच थियो र अहिले पनि छ । किसानहरूलाई कसरी प्रवद्र्धन र सहयोग गर्न सकिन्छ त्यो गर्नेतर्फ उनको ध्यान केन्द्रीत भइरह्यो । किसानको उत्पादनलाई भ्यालू एड अठोटका साथ निम्बसले दाल तथा तेलमिल पनि सञ्चालनमा ल्याएको हो । फूड विजनेश निम्बसको पछिल्लो संस्करण हो । यो शुरु गरेको ३ वर्ष मात्र भएको छ । 

अहिले निम्बसले फिडमात्रै उत्पादन गर्दैन फूड प्रोशेसिङ गर्न थालेको छ । प्रोशेसिङमा पनि पौष्टिक फूडको काम गर्नेतर्फ निम्बसको ध्यान केन्द्रीत भएको छ । एकातिर ग्रूपले भण्डारणको लागि वयर हाउसको काम गर्दैछ भने रासायनिक मलको टेण्डरमा पनि काम गर्ने सोच र योजना कम्पनीले बनाएको छ । अहिले किसानले गरेका उत्पादन भण्डारणको व्यवस्थापनमा निम्बसले सक्रियता देखाएको छ ।  

निम्बसले अहिले चारवटा भर्टिकलमा काम गरिरहेको छ । फिड साइड, फूड साइड, केमिकल साइड र प्लाष्टिकको साइड । केमिकलमा पेन्ट र कृषिसँग सम्बन्धि छ भने प्लाष्टिक साइडमा सिमेन्टका वोरा उत्पादन गर्ने काम पनि निम्बसले गर्दै आएको छ । साथै उद्योगलाई आवश्यक पर्ने तेल आपूर्तिको काम पनि गरिरहेका छ । 

अन्य व्यवसायका साथै फूड रिटेलिङको कामगर्ने सोचमा निम्बस छ । यो उसको रोजाइको व्यवसाय हो । सायद दुई÷चार महिनामा यो काम पूर्ण रुपमा निम्बसले गर्नेछ । यतिमात्र होइन नयाँ प्रविधिमा समेत काम गर्ने तयारी बगरियाले गरिरहेका छन् । प्रोटिनलाई प्रोशेसिङ गर्नेतर्फ लाग्नु पर्ने उनको रणनीतिक योजना छ । 

‘ल्याबमा मासु बनिसकेको यो अवस्थामा प्रोटिन सब्लिमेन्ट उत्पादन गर्नेतर्फ मेरो ध्यान खिचिएको हो,’ उनले भने ‘नेपालमा गहुँ, भटमास, दालको उत्पादन भएपनि प्रोटिन उत्पादन भएको छैन त्यसैले यसमा काम गर्ने सोच मैले बनाएको हुँ । ‘बाइ प्रडक्ट’मा काम गर्ने खोजिएको हो ।’ 

‘उनले के गरे त्यसको लेखाजोखा र हिसाव किताब कहिले गरेनन् । आफूले पाएको कुरा उनलाई राम्रोसँग थाहा छ । तर, उनले कसैलाई झुलाउने काम कहिल्य गरेनन् र एकोहोरो भएर काममा लागि रहे । यहि दौरानमा उनले सहयोग र प्रशंसा धेरैबाट पाए । त्यतिलाई रोजगारी दिए भन्ने पनि लागेन ।’ 

‘उनले के गरे त्यसको लेखाजोखा र हिसाव किताब कहिले गरेनन् । आफूले पाएको कुरा उनलाई राम्रोसँग थाहा छ । तर, उनले कसैलाई झुलाउने काम कहिल्य गरेनन् र एकोहोरो भएर काममा लागि रहे । यहि दौरानमा उनले सहयोग र प्रशंसा धेरैबाट पाए । त्यतिलाई रोजगारी दिए भन्ने पनि लागेन ।’ 

तर, पनि निम्बसमा अहिले ८ सयजनाले रोजगारी पाइरहेका छन् । बेरोजगार बढ्दै गएको यो अवस्थामा यतिलाई भएपनि रोजगारी दिन सक्दा र देशको अर्थतन्त्र निर्माणमा टेवा पुर्याउन सक्दा सुखानुभूति भने हुने गरेको छ । 

केही समय अघि निम्बस वैदेशिक लगानी ल्याउने तयारीमा थियो । आईपीओको लागि आन्तरिक तयारी पनि गरिरहेको छ । वायोटेकको आईपीओ आउन केही समय लागेपनि र वायर हाउसको भने छिट्टै आईपीओ आउने प्रवन्ध निर्देशक बगरियाले बताए । 
यसका लागि नेपाल वयर हाउस प्रालिलाई पब्लिक कम्पनीमा लगिसकिएको छ । यो कम्पनीका लगानीकर्ताहरू बैंक तथा इन्स्योरेन्स पनि कम्पनी हुन् । डेढ वर्षमा दुई वटै कम्पनीको आईपीओ ल्याइसक्ने उनको  योजना छ ।  

निम्बसले सन् २०३० सम्म ४० अर्बको कारोबार गर्ने भनेर लक्ष्य गरेको छ । उक्त लक्ष्यमा सहजै पुग्ने उनको विश्वास पनि त्यतिकै छ । अर्को १० वर्षमा त्यो लक्ष्यमा पुग्ने दिशानिर्देश यसअघिनै बनिसकेको छ । उनको यो १९९५ देखिको प्रयास हो । फिडजस्तै फूड विजनेश पनि उनका लागि राम्रो बनिसकेको छ । त्यसैले अहिले नै निम्बसले लक्ष्यको आधा कारोबार भेटिसकेको छ  । 
च्यालेन्ज लिन सक्ने क्षमताका कारण नै निम्बस आज यो स्थानमा पुगेको हो । ‘ग्रोथलाई मिट गर्ने गरी काम अगाडि बढाइरहेका छौं र बढाउँछौं,’ उनले भने । 

उनले विजनेश शुरु गर्दा सबै चाँजोपाजो मिलाएर गरेका होइनन् । तर, बुबाको अभिभावकत्वले उनलाई धेरै कुराबाट बचायो । जित्नलाई फूल रेसमा दौडनु पर्ने हुनाले नयाँ स्टाटअपले योजनासहित हिड्नु पर्ने उनको सल्लाह छ । नयाँ स्टाटअपहरू नयाँ टेक्नोलोजीमा केही समय गर्ने र हराउने प्रलचल छ । यसो भएमा बिजनेशमा सफल हुन सकिदैन,’ उनले भने । 

प्रतिक्रिया दिनुहोस