दशमहिनामा रेमिट्यान्स ७ खर्ब २५ अर्ब ३० करोड आयो - Aarthiknews
aarthiknews.com शनिबार, २१ मंसिर २०७६   Saturday, 07 December, 2019
 
Bajaj_Bike

दशमहिनामा रेमिट्यान्स ७ खर्ब २५ अर्ब ३० करोड आयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ असार २०७६
Sunrise bank
दशमहिनामा रेमिट्यान्स ७ खर्ब २५ अर्ब ३० करोड आयो
LBEF
NCH-IPS


काठमाडौं । चालु आर्थिक वर्षको १० महिनासम्ममा रेमिट्यान्सको  १९.६ प्रतिशतले वृद्धि भएको छ ।  १० महिनामा रेमिट्यान्स बढेर ७ खर्ब २५ अर्ब ३० करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।  रेमिट्यान्सको आधार बढे पनि वृद्धिदर भने घटेको छ । गत महिनाको भन्दा १ प्रतिशत भन्दा बढीले रेमिट्यान्स वृद्धिदर घटेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ९.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.३ प्रतिशतले बढेको थियो ।

अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत, नयाँ र वैधानिकीकरण)का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या समीक्षा अवधिमा ३८.६ प्रतिशतले घटेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६ प्रतिशतले घटेको थियो । पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने समीक्षा अवधिमा ५।८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २।२ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया दिनुहोस