लोक सेवा आयोगले निकालेको विज्ञापन सम्बन्धी सबै मुद्दा एक साथ पेस गर्न आदेश - Aarthiknews
aarthiknews.com आइतबार, १२ माघ २०७६   Sunday, 26 January, 2020
 
Bajaj_Bike

लोक सेवा आयोगले निकालेको विज्ञापन सम्बन्धी सबै मुद्दा एक साथ पेस गर्न आदेश

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ असार २०७६
Sunrise bank
लोक सेवा आयोगले निकालेको विज्ञापन सम्बन्धी सबै मुद्दा एक साथ पेस गर्न आदेश
LBEF

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहमा पदपूर्तिका लागि लोक सेवा आयोगले निकालेको विज्ञापनका सम्बन्धमा परेका सबै रिटको फाइल एक साथ पेस गर्न आदेश दिएको छ ।सर्वोच्चका न्यायाधीशद्वय हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासले सो आदेश दिएको हो ।

लोक सेवा आयोगले निकालेको विज्ञापनका सम्बन्धमा चार वटा रिट परेको हुँदा सबै रिटलाई एक साथ पेस गर्न  भनिएको छ । लोक सेवा आयोगले स्थानीय  तहको पदपूर्तिका निम्ति निकालेको विज्ञापन समावेश नभएको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो भने राज्य व्यवस्था समितिले विज्ञापन खारेज गर्न आयोगलाई दिएको निर्देशन असंवैधानिक भन्दै अर्को रिट परेको छ । त्यस्तै आयोग बाहेकको निकायले कर्मचारी भर्ना गर्न नपाउने विषयमा पनि रिट दायर भएको छ । 

प्रतिक्रिया दिनुहोस