aarthiknews.com बुधबार, ०८ बैशाख २०७८   Wednesday, 21 April, 2021
 
nmb
Esewa_Remit
Bajaj_Bike

नेशनल लाईफको लाभांश पारित, बीमा शुल्क २४.८६ प्रतिशतले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ माघ २०७७
Reliance life insurance
नेशनल लाईफको लाभांश पारित, बीमा शुल्क २४.८६ प्रतिशतले बढ्यो
Jagadamba
LBEF

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले ३२औं वार्षिक साधारण सभाले बोनस शेयर पारित गरेको छ । कम्पनीको आ.व. २०७५/०७६ को लागि चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर जारी गर्ने र वोनस शेयर वापतको कर प्रयोजनको लागि १,६२,२४,३५१ रुपैयाँ  नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो  । 

 कम्पनीको ३२औं वार्षिक साधारण सभामा आ.व.२०७५/७६ मा कम्पनीको सबै वित्तिय सूचकांकहरु सन्तोषजनक रहेको विवरण प्रस्तुत गरिएको थियो । कम्पनीले कूल बीमाशुल्क संकलन गत वर्षको तुलनामा २४.८६ प्रतिशतले बृद्धि भई ८०५.०५ करोड रुपैयाँ पुगेको र ३५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

 यसै गरी आ.व.२०७५/७६ को अन्तसम्ममा कम्पनीको कुल लगानी २७.९४ प्रतिशतले बृद्धि भई २,६८१ करोड रुपैयाँ पुगेको र कम्पनीको बीमा कोष गत वर्षको तुलनामा २५ प्रतिशतले बृद्धि भई २०७६ असार मसान्त सम्ममा २६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । कम्पनीले सो आ.व.मा २६९ करोड रुपैयाँ कूल दावी भुक्तानी गरेको छ ।

कम्पनी पूँजीको हिसाबले समेत सवल भएको र चालु वर्षको वोनस समेत गरी कूल चुक्ता पूँजी ३ अर्ब ३९ करोड रुपैयाँ नाघेको छ । कम्पनीको आ.व.२०७५÷०७६ को बीमाङ्कीय मूल्याङ्कन सन्तोषजनक रहि सबै बीमा लेखमा एक विन्दुले बोनसदर बढाइएको जानकारी समेत गराएको छ । आ.व.२०७५.०७६ मा २५ वटा नँया शाखा खोल्न स्विकृती प्राप्त गरी कूल शाखा संख्या ९९ पुगेको र आगामी दिनमा शाखा सन्जालमा थप विस्तार गर्ने घोषणा समेत गरेको छ । 

लगानी विविधिकरण गरी लामो अवधिको लगानी बृद्धि गर्ने कम्पनीको प्रयासमा उल्लेखनीय सफलता हासिल भएको, परिणाम स्वरुप कम्पनीको कोषको वार्षिक प्रतिफल दर उत्साहप्रद रुपले ११.५३ प्रतिशत पुगेको र यसवाट भविष्यमा लगानी आयमा स्थिरता ल्याउन सहयोग पुग्ने कम्पनीकी प्रेमा सिंहले वताइन । 
 

प्रतिक्रिया दिनुहोस