
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) दोहोरो अंकले बढेको छ । हिजो (मंगलबार) नेप्सेमा सामान्य करेक्सन आएको थियो ।
नेप्सेका अनुसार आज नेप्से १८.७६ अंकले बढेर दुई हजार चार सय ४१ दशमलब ८५ विन्दुमा पुगेको छ भने आज नेप्सेमा ८ अर्ब ६२ लाख ३८ हजारको कारोबार भएको छ ।
त्यस्तै, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ५ समूह बढेका छन् भने अन्य ७ समूह घटेका छन् । आज ७ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ ।
आज ९ प्रतिशत भन्दा बढीले बढ्ने कम्पनीहरुमा नेपाल लाईफ इनस्योरेन्स कम्पनी, आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था, गुराँस लघुवित्त र प्रभु लाईफ इन्स्योरेन्स रहेका छन् ।
प्रतिक्रिया दिनुहोस