aarthiknews.com विहीबार, १३ फागुन २०७७   Thursday, 25 February, 2021
 
tater Group
Bajaj_Bike
सम्पत्ति

४६ वर्षपछि जग्गा आफ्नो नाममा ल्याउँदै बीमा संस्थान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ माघ २०७७
४६ वर्षपछि जग्गा आफ्नो नाममा ल्याउँदै बीमा संस्थान
Jagadamba
LBEF

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले ४१ वर्षपछि आफ्नो जग्गा नाममा ल्याउने भएको छ । संस्थानले २०३१ सालमा नेपाल खाद्य संस्थानसँग खरिद गरेको १४ रोपनी जग्गा आफ्नो नाममा ल्याउन लागेको हो । संस्थानका प्रशासक कविप्रसाद पाठकले संस्थानको केन्द्रीय कार्यालय रहेको जमिन आफ्नो नाममा ल्याउने तयारी सकिएको बताए । हाल संस्थान रहेको जग्गा तत्कालिन नेपाल खाद्य संस्थानको नाममा छ ।


हाल उक्त संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी बनेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग जग्गा प्राप्ती गर्ने काम सबै सकिएको छ,’ उनले भने ‘अब फाइल क्याविनेटमा डिसिजनको लागि जाँदैछ ।’ क्याविनेटको डिसिजन पछि अहिलेसम्म खाद्यको नाममा रहेको १३ रोपनी जमिन बीमा संस्थानको नाममा आउने छ । 

राष्ट्रिय बीमा संस्थानले उतिबेला नै जग्गा खाद्य संस्थानसँग जग्गा खरिद गरेपनि नाममा ल्याएको थिएन । पछि बीमा संस्थान रहेको कम्पाउण्डभित्रको जग्गा मात्र दिने भनेपछि दुई संस्थानबीच कुरा मिलेको थिएन । अहिले बल्ल मन्त्रालय सो जग्गा बीमा संस्थानलाई दिन बाध्य भएको छ । विशेष गरेर खाद्य र बीमा संस्थानबीच कम्पाउण्ड बाहिरको जग्गलाई लिएर विवाद परेको हो । पछिल्लो समय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीको कम्पाउण्ड बाहिर वा कृषि विकास बैंक पछाडिको खाली जग्गा पनि बीमा संस्थानको नाममा आउन लागेको हो । संस्थानको कम्पाउण्डबाहिर ६ रोपनी जग्गा रहेको छ । अहिले त्यो जग्गा त्यतिकै बसेको छ । 

क्याविनेटको निर्णय पछि खाद्य संस्थानको नाममा रहेको १३ रोपनी जग्गा बीमा संस्थानको नाममा आउने छ । जग्गा विवादको कारण सलाई अहिलेसम्म कुनै व्यवसायीक प्रयोजनका लागि प्रयोग गर्न बीमा संस्थानले सकेको थिएन । अब जग्गा आफ्नो नाममा आएपछि बीमा संस्थानले उचित उपयोग गर्नेछ । 

२०२४ सालमा देशको आर्थिक विकासका लागि आन्तरिक साधन र पुँजीको परिचालन गर्न, विदेशी मुद्राको व्ययभार रोक्न तथा दक्ष व्यवसायिक बीमा कम्पनी स्थापना गर्न बीमा संस्थानको स्थापना भएको हो ।  नेपाल सरकारको निर्णय अनुरुप २०२४ पुस १ गते प्राइभेट कम्पनीको रुपमा स्थापना भएको यो कम्पनी राष्ट्रिय बीमा संस्थान ऐन २०२५ अन्तर्गत संस्थानको रुपमा २०२५ साल पुस १ गते परिणत भएको हो । 

संस्थान स्थापनमा भएको ६ वर्षपछि खाद्यसँग जमिन खरिद गरेपनि नाममा भने ल्याउन सकेको थिएन । देशमा ठूला राजनीतिक परिवर्तनहरू भए । खुल्ला अर्थतन्त्र अपनाइयो । अर्थतन्त्रलाई टेवा दिन तथा आम जनतालाई सेवा दिन भनेर खुलेका यस्ता धेरै सार्वजनिक संस्थानहरू निजीकरण भए ।

यसैबीच बीमा संस्थान भने सुस्त गतिमा अगाडि बढिरहेको थियो  । अहिले संस्थान आन्तरिकपक्षमा पनि धेरै परिवर्तन आएको छ । नयाँ स्कीलफूल कर्मचारी र प्रविधिको माध्यमबाट अहिले राम्रो व्यवसाय गरिरहेको छ । जीवन बीमा कम्पनी बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीमा राष्ट्रिय बीमा संस्थान रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको यो अवधिमा ५ अर्ब ८१ करोड बीमा शुल्क आर्जन गरेको छ भने कम्पनीको चुक्ता पुँजी भने अहिले पनि ५० करोडमात्रै छ । 

यसलाई बढाउन सबै प्रमोटरहरू प्रतिवद्ध भएपनि सरकारको प्राथमिकतामा नपर्दा कम्पनीको पुँजी अहिले पनि पहिलाकै जति छ । विशेष त पुँजी बढाउन बीमा संस्थान ऐन नै संशोधन गर्नुपर्ने भएकाले संस्थानले अन्य पुँजी बढाउन नसकेको हो । बीमा समितिले तयार पारेको बीमा ऐन पारित भएपछि सोही अनुसार यो संस्थानको पुँजी वृद्धि गर्ने योजना समितिले बनाएको छ । अहिल जीवन बीमा कम्पनीहरूको चुक्ता पुँजी २ अर्ब रुपैयाँ हुनुपर्नेछ ।   


 

प्रतिक्रिया दिनुहोस