aarthiknews.com शनिबार, २२ फागुन २०७७   Saturday, 06 March, 2021
 
tater Group
Bajaj_Bike

एनएमबि लघुवित्तले ७ करोड ७० लाख खुद नाफा कमायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ माघ २०७७
एनएमबि लघुवित्तले ७ करोड ७० लाख खुद नाफा कमायो
Jagadamba
LBEF

काठमाडौं । एनएमबि चौतारी लघुवित्त वित्तीय संस्थाको खुद ब्याज आम्दानी बढ्दा खुद नाफामा सुधार आएको छ। संस्थाले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण अनुसार दोस्रो त्रैमासमा संस्थाले ७ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको देखिएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा ४ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको लघुवित्तले समीक्ष अवधिमा ५७ प्रतिशतले बढाएको हो।

सार्वजनिक वित्तिय विवरण अनुसार लघुवित्तले २१ करोड १ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको यसै अवधिमा उसले १३ करोड ६७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। लघुवित्तले निक्षेप र कर्जा लगानी पनि बढाउदै लगेको छ। समीक्ष अवधिमा निक्षेप संकलन १ अर्ब ३१ करोड रुपैयाँबाट बढेर १ अर्ब ६७ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ३ अर्ब ४७ करोड रुपैयाँबाट बढेर ४ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।

लघुवित्तले पूँजी २१ करोडबाट बढाएर ५३ करोड ९८ लाख पुर्याएको छ भने जगेडा कोषमा २ करोड ४३ लाख रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी ४६ रुपैयाँ ६० पैसाबाट घटेर २८ रुपैयाँ ५६ पैसामा झरेको छ ।

प्रतिक्रिया दिनुहोस