aarthiknews.com शनिबार, २२ फागुन २०७७   Saturday, 06 March, 2021
 
tater Group
Bajaj_Bike

नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १४ माघ २०७७
नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन
Jagadamba
LBEF

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस शेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २ हजार ८ सय ७२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । 

कम्पनीको ३१ बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २ हजार १ सय ९२ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो । कम्पनीको माघ ५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको बिसौँ वार्षिक साधारण सभा माघ २८ गते, बुधबार, होटल भिष्वा, वीरगञ्जमा बिहान ९ बजे हुने कम्पनीले जनाएको छ । 

सभामा आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ३१ प्रतिशत बोनस शेयर र २०  प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसैगरी, सभामा कम्पनीको प्रति शेयर मूल्य हाल एक सय रुपैयाँ रहेकोमा त्यसलाई घटाएर ५० रुपैयाँ कायम गर्ने प्रस्ताव पनि पेश हुँदैछ । यो प्रस्ताव नियामक निकायले स्वीकृति दिएपछि मात्र लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस