aarthiknews.com शनिबार, ०४ साउन २०७६   Saturday, 20 July, 2019
 

६ करोड बढी ठगी गर्ने पौडेल पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०४ असार २०७६
Sunrise bank
६ करोड बढी ठगी गर्ने पौडेल पक्राउ
NIBL-Capital-inside
LBEF

काठमाडौं । सिंगापुर क्रुज (पानीजहाजमा) रोजगारीका लागि पठाइदिने भन्दै ३ सय जनासँग ६ करोडभन्दा बढी ठगी गर्ने एक ट्रेनिङ सेन्टर सञ्चालक पक्राउ परेका छन् । प्रहरी अपराध महाशाखा, टेकुले नुवाकोट घर भएका प्रविन पौडेललाई पक्राउ गरेको हो ।

काठमाडौं बिशालनगरस्थित दि एप्रिन्टट् फर्म प्रालि नामक ट्रेनिङ सेन्टर खोली क्रुज (पानीजहाज)मा काम गर्न सिंगापुर पठाई दिने भन्दै ठगी गरेको आरोपमा पौडेललाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । उनी तारकेश्वर नगरपालिका मनमैजु बस्दै आएका थिए ।

पौडेलले मासिक ६ सय ५० अमेरिकी डलर तलब हुने भन्दै भारतको दिल्ली तथा लखनउमा पठाई पानीजहाजमा काम गर्नेलाई दिईने तालिम लिन लगाउँदै प्रत्येक व्यक्तिबाट ५-५ लाख रुपैयाँ उठाएको आरोप छ । प्रहरीले उनलाई मकवानपुरबाट पक्राउ गरेको थियो ।

पीडितले दिएको उजुरी र गोप्य सूचनाको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानका क्रममा पौडलले ३ सय जनाभन्दा बढी व्यक्तिसँग ६ करोडभन्दा बढी रकम ठगी गरेको प्रहरीले जानकारी दिएको छ । उक्त ठगी कार्यमा अन्य व्यक्तिकोसमेत संलग्नता रहेको हुनसक्ने प्रहरीले शंका गरेको छ ।

प्रतिक्रिया दिनुहोस