aarthiknews.com सोमबार, ०६ बैशाख २०७८   Monday, 19 April, 2021
 
Esewa_Remit
Bajaj_Bike

एशियन लाईफ शाखा दैलेखमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ माघ २०७७
Reliance life insurance
एशियन लाईफ शाखा दैलेखमा
Jagadamba
LBEF

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशको दैलेखमा शाखा सञ्चालनमा ल्याएको छ ।  मंगलबारदेखि उपशाखा कार्यालयलाई स्तरोन्नती गरी ४० औं शाखाको रुपमा संचालनमा ल्याएको हो । यस कम्पनीको संचालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले शाखा कार्यालयको उद्घाटन गरेका थिए । 

 उद्घाटन कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत  दिनेश लाल श्रेष्ठ, नायब प्रमुख कार्यकारी  अधिकृत होमबहादुर श्रेष्ठ र सहायक महाप्रबन्धक विजय पराजुलीको समेत उपस्थिति रहेको थियो ।

दैलेख शाखा सहित कम्पनीको शाखा कार्यालय ४० र उपशाखा १०४ पुगेको छ । कम्पनीले चालू आर्थिक वर्षमा ४ वटा उपशाखालाई शाखामा स्तरोन्नती र ४ वटा नयाँ उपशाखा सञ्चालनमा ल्याएको छ । ग्राहक सेवाको लागि सम्भाव्यताको आधारमा थपशाखा तथा उपशाखा कार्यालयहरु बिस्तार गर्दै लगिने छ ।

कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, आजीवन र म्यादी सहित २२ वटा बीमा योजना प्रचलनमा ल्याएको छ । ५ अर्ब अधिकृत पूँजी रहेको यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड रुपैयाँ असोज मसान्तसम्म जीवन बीमाकोष २३ अर्ब ६ करोड रुपैयाँ रहेको छ । 


 

प्रतिक्रिया दिनुहोस