
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको चालु आर्थिक् वर्षको दोस्रो त्रैमाससम्म १४ करोड ३२ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । मंगलबार सार्वजनिक गरेको कम्पनीको वित्तिय विवरण अनुसार खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ३ दशमलव ४६ गुणा बढी भएको हो । गत वर्ष कम्पनीले ४ करोड १४ लाख १५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
यस वर्ष विद्युत विक्री आम्दानी ७९ प्रतिशतले बढेको छ । गत वर्ष १३ करोड ५० लाख ३५ हजार रुपैयाँ विद्युत विक्रीबाट आम्दानी गरेको कम्पनीले यस वर्ष २४ करोड १९ लाख ६७ हजार रुपैयाँ आम्दानी गरेको हो । अन्य श्रोतबाट पनि यस वर्ष कम्पनीले ६ करोड १७ लाख ७० हजार रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गत वर्ष भने १४ लाख ५ हजार रुपैयाँ रहेको थियो ।
हकप्रद र बोनस शेयर मार्फत चुक्तापूँजी १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार रुपैयाँ पु¥याएको कम्पनीको जगेडा कोष रकम पनि २९ करोड ७० लाख ८१ हजार रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोष रकम १५७ प्रतिशतले बढेको हो ।
गत वर्ष दिर्घकालिन कर्जा १ अर्ब ७१ करोड १७ लाख ९७ हजार रुपैयाँ रहेको अपि पावरको यस वर्ष यो कर्जा १ अर्ब ७० करोड ३९ लाख ६२ हजार रुपैयाँमा झरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १४ दशमलव ८४ र प्रतिशेयर नेटवर्थ ११५ दशमलव ३९ रुपैयाँ रहेको छ । गत वर्ष यस अवधिसम्म प्रतिशेयर आम्दानी ६ दशमलव ९६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १०९ दशमलव ७१ रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस