aarthiknews.com सोमबार, २४ फागुन २०७७   Monday, 08 March, 2021
 
tater Group
Bajaj_Bike

अरुण भ्यालीको हाइड्रोपावरको नाफा दोब्बर, विद्युत् बिक्री घट्दा पनि रिपोर्ट उत्साहजनक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १३ माघ २०७७
अरुण भ्यालीको हाइड्रोपावरको नाफा दोब्बर, विद्युत् बिक्री घट्दा पनि रिपोर्ट उत्साहजनक
Jagadamba
LBEF

काठमाडौं । विद्युत् बिक्रीबाट प्राप्त आम्दानी घटे पनि अरुण भ्याली हाइड्रोपावरको नाफा दोब्बरले बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा अरुण भ्यालीको नाफा ६ करोड ८० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा ३ करोड ३६ लाख रुपैयाँ मात्रै थियो । 

यो अवधिमा अरुण भ्यालीले विद्युत् बिक्रीबाट ३ करोड ४ लाख रुपैयाँ तथा अन्य स्रोतबाट ६ करोड ५३ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्ष विद्युत् बिक्रीबाट ४ करोड र अन्य स्रोतबाट १ करोड ९३ लाख रुपैयाँ मात्रै आम्दानी गरेको थियो । सो कम्पनीको अप्रत्यक्ष खर्चमा यो वर्ष सुधार भएर ९६ लाखबाट ७८ लाखमा झरेको छ । 

अरुण भ्यालीको यो नाफाका आधारमा प्रतिशेयर आम्दानी १३.७७ प्रतिशत बराबर हुन आउँछ । यो कम्पनीको शेयर बजारमा २ सय ५० रुपैयाँको हाराहारीमा किनबेच भइरहेको छ । 
 

प्रतिक्रिया दिनुहोस