aarthiknews.com सोमबार, २४ फागुन २०७७   Monday, 08 March, 2021
 
tater Group
Bajaj_Bike

करिब ३ सय ४५ ग्राम अवैध सुन सहित पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ माघ २०७७
करिब ३ सय ४५ ग्राम अवैध सुन सहित पक्राउ
Jagadamba
LBEF

काठमाडौं । काठमाडौं महानगरपालिका-८ स्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ३ सय ४५ ग्राम सुन सहित राहदानी नम्बर ०७२३०८५३ बाहक चितवन भरतपुर उपमहानगरपालिका-१३ घर भएका सुवास गुरुङलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

कतार एअरवेजद्वारा कतारको दोहाबाट काठमाडौं आएका गुरुङलाई विमानस्थलको प्रहरीले जाँच गर्दा बच्चाले प्रयोग गर्ने डाइपरको बटमभित्र लुकाई छिपाई ल्याएको उक्त सुन सहित फेला पारी पक्राउ गरेको हो । 

साथै उक्त सुन संकलन गर्न आएका तनहुँ व्यास नगरपालिका-९ बस्ने ३१ वर्षीय टक बहादुर गुरुङ समेतलाई प्रहरीले पक्राउ गरेको छ । बरामद सुन सहित उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौजर बुझाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस