
काठमाडौं । सोमबार नागरिक लगानीकोष सहित ६ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । यो दिन नागरिक लगानीकोषको शेयरमूल्य सर्वाधिक १० प्रतिशतले बढेको हो ।
त्यस्तै गुराँस लघुवित्तको ९ दशमलव ९५ प्रतिशत, प्रभु लाइफ इन्स्योरेन्सको ९ दशमलव ८७ प्रतिशत, माउण्टेन ईनर्जीको ९ दशमलव ८१ प्रतिशत, नेशनल हाइड्रोपावरको ९ दशमलव ४० प्रतिशत र हिमालयन पावर पार्टनरको ९ दशमलव ३८ प्रतिशत मूल्य बृद्धि भएको हो ।
सोमबार शेयर बजार १६ दशमलव शून्य ४ अंक बढेर २ हजार ४४० दशमलव ८७ विन्दुमा पुगेको छ । यो दिन बजारमा रू. ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार बराबरको शेयर कारोबार भएको हो ।
बजारले ऐतिहासिक विन्दु कायम गरेको दिन नागरिक लगानीकोषको शेयरमूल्यमा सर्वाधिक बृद्धि भएको हो ।
प्रतिक्रिया दिनुहोस