aarthiknews.com सोमबार, २४ फागुन २०७७   Monday, 08 March, 2021
 
tater Group
Bajaj_Bike
पहिलो ६ महिना

३८ बीमा कम्पनीले गरे ७८ अर्ब बीमा शुल्क आर्जन,नेपाल लाइफ र शिखर अगाडि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १२ माघ २०७७
३८ बीमा कम्पनीले गरे ७८ अर्ब बीमा शुल्क आर्जन,नेपाल लाइफ र शिखर अगाडि
Jagadamba
LBEF

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा देशमा सञ्चालित बीमा कम्पनीहरूले ७८ अर्ब ५ करोड रूपैयाँ बराबरको बीमाशुल्क आर्जन गरेका छन् । साउनदेखि पुससम्म आर्जित बीमा शुल्कमध्ये जीवन बीमातर्फ ६२ अर्ब ८५ करोड  हो भने निर्जीवन बीमातर्फ १५ अर्ब २० करोड रुपैया हो । कोरोना महामारीकैबीच बीमा कम्पनीहरूले सो बीमा शुल्क आर्जन गरेका हुन् । 

जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले कमाएको छ भने सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्जन गरेको छ । नयाँ बीमा कम्पनीहरूमध्ये सबैभन्दा बढी युनियन लाइफ इन्स्योरेन्सले बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३ अर्ब ३० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो । कुल जीवन बीमा बजारमा कम्पनीको हिस्सा ५.२५ प्रतिशत रहेको छ । 

त्यस्तै निर्जीवन बीमा कम्पनीतर्फ सबैभन्दा बढी शिखर इन्स्योेरेन्सल कमाएको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनमा २ अर्ब ११ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । निर्जीवन बीमतर्फ सबैभन्दा कम बीमा शुल्क आर्जन सानिमा जनरल इन्स्योरेनसले गरेको छ । 

जीवन बीमातर्फको कुल बीमा प्रिमियमा २८.०४ प्रतिशत नेपाल लाइफ इन्स्योरेन्सको हिस्सा रहेको छ भने नेपाल लाइफको मात्रै २८ प्रतिशतभन्दा बढी योगदान रहेको छ । दोस्रो बढी बीमा शुल्क आर्जन गर्ने कम्पनीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) परेको छ । कम्पनीले यो ६ महिनाको अवधिमा ९ अर्ब ६१ करोड बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले चालु आर्थिक वर्षमा साढे ६ अर्ब नयाँ बीमा पोलिसी बिक्री गर्ने लक्ष्य निर्धारण गरेको एलआईसीका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद दासले जानकारी दिए । पुससम्म साढे २ अर्ब नयाँ पोलिसी बिक्री गरेर बीमा शुल्क आर्जन गरेको छ ।

राष्ट्रिय बीमा संस्थाले ५ अर्ब ८१ करोड बीमा शुल्क आर्जन गरेर बढी बीमा शुल्क आर्जन गर्ने तेस्रो कम्पनीमा परेको छ । त्यस्तै नेशनल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षमा पहिलो ६ महिनामा ५ अर्ब ५४ करोड बीमा शुल्क आर्जन गरेको छ भने एशियन लाइफले ३ अर्ब १६ करोड, सूर्य लाइफले २ अर्ब २९ करोड, गुँरास लाइफले २ अर्ब १३ करोड, मेट लाइफले २ अर्ब ५ करोड बीमा शुल्क आर्जन गरेको छ । समीक्षा अवधिमा प्राइम लाइफले २ अर्ब २ करोड, सिटिजन र ज्योति लाइफले १ अर्ब ४४ करोड, रिलायबल लाइफले १ अर्ब ३४ करोड र रिलाइन्स लाइफले १ अर्ब १७ करोड बीमा शुल्क आर्जन गरेको छ । 

१९ वटा जीवन बीमा कम्पनीमध्ये ५ वटा कम्पनीको बीमा शुल्क अर्बभन्दा कम रहेको छ । यो अवधिमा सन नेपाल लाइफले ९९ करोड, सानिमा लाइफले ९७, आईएमई ८८, प्रभुले ६३ करोड र महालक्ष्मी लाइफले ४६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । 

यस्तो छ निर्जीवन बीमा कम्पनीले व्यवसाय 

निर्जीवन बीमा कम्पनीहरु तर्फ शिखर इन्स्योरेन्सले सबैभन्दा धेरै कुल बीमाशुल्क आर्जन गरेको छ । निर्जीवनतर्फ शिखर इन्स्योरेन्स कम्पनीले २ अर्ब ११ करोड बीमा शुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरूले संकलन गरेको कुल बीमाशुल्कको १३.८८ प्रतिशत हो । सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरुमध्ये राष्ट्रिय बीमा कम्पनी बाहेकबाट संकलन भएको बीमाशुल्क हो । 

नेको इन्स्योरेन्सले पनि १ अर्ब ३ ५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने सगरमाथा इन्स्योरेन्सले एक अर्ब ३३ करोड, सिद्धार्थ इन्स्योरेन्सले एक अर्ब २१ करोड रूपैयाँ र एनएलजी इन्स्योरेन्सले एक अर्ब ११ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।  बाँकी १३ वटा बीमा कम्पनीको बीमाशुल्क अर्ब नाघेका छैनन् ।

सञ्चालनमा रहेका पुराना बीमा कम्पनीहरूमा युनाइटेड, ओरेन्टल, प्रुडेन्सियल, एभरेष्ट, हिमालयन जनरल र नेशनल इन्स्यारेन्सको भन्दा बढी हो । नयाँ निर्जीवन बीमा कम्पनीमा अजोड इन्स्योरेन्सले ६३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोे छ । यस अवधिमा सबैभन्दा कम सानिमा जनरल इन्स्यारेन्सले २८ करोड रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ । युनाइटेड इस्न्योरेन्सले यो अवधिमा ५६ करोड, नेशनलले ४३, हिमालय जनरलले ४९ करोड, एभरेष्टले ५० करोड बीमा शुल्क आर्जन गरेका छन् । 

प्रतिक्रिया दिनुहोस